अनुदानमा उपकरण प्रदान

SITENAME

डोटी, २८ चैत्र ।

डोटीमा व्यवसाय गर्दै आएका घरेलु तथा साना उद्योगीलाई ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान गरिएको छ । 
घरेलु तथा साना उद्योग विकास समितिको चालू आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रमअनुसार घरेलु तथा साना उद्योगलाई प्रविधि सहयोग कार्यक्रमअन्तर्गत छनोटमा परेका ४९ व्यवसायीलाई एक कार्यक्रमका बीच उक्त अनुदान वितरण गरिएको हो ।
प्रविधि सहयोग कार्यक्रमका लागि चालू आवमा रु २३ लाख २५ हजार रकम छुट्याइएको थियो । जसमा पाँच प्रतिशत ढुवानीमा खर्च गरेर बाँकी रु २२ लाख तीन हजारको लघु घरेलु तथा साना उद्योगका लागि आवश्यकताअनुसार मेशिनरी औजार, कम्प्युटर आदि प्रविधि खरिद गरेर वितरण गरिएको घरेलु तथा साना उद्योग विकास समिति डोटीका नि निर्देशक माधव सुवेदीले बताए । 
घरेलुले अनुदानमा होटेल, रेष्टुराँ, पोल्टी फर्म, फुडप्रोडक्सन, सिमेण्ट ब्लक उद्योग, पसल, फर्निचर उद्योग, कुटानीपिसानी मिल, डेरी उद्योग, सिलाइ सेण्टर, मैनबत्ती उद्योग, छाला जुत्ता उद्योग, एग्रो प्रोडक्सन प्रालि, सप्लार्र्यस, अटो वर्कसप, बाख्रापालन फर्म, कम्प्यूटर एजुकेसन, इन्सच्यूट, तरकारी उत्पादन व्यवसाय, आरन उद्योग, मासु पसल, अगरबत्ती उद्योगलगायतका लघु घरेलु तथा साना उद्योगलाई आवश्यकताअनुसारको औद्योगिक उपकरण प्रदान गरेको छ ।
आफ्नो योजना र थोरै लगानीमा घरेलु तथा साना उद्योग विकास समितिले गरेको ८० प्रतिशत अनुदानले जिल्लाका व्यवसायी हर्षित बनेका छन् । 
राष्ट्रको आर्थिक विकास र केही सीप सिकेका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा व्यवसायीमा हर्ष देखिन्छ । घरेलु तथा साना उद्योग विकास समितिबाट विगतदेखि नै अनुदान प्राप्त गरेका दिसिनपा–४ मा व्यवसाय गर्दै आउनुभएका सफल व्यवसायी धर्मसिंह धामी अहिले सतनाम पुडप्रोडक्टबाट राम्रो आम्दानी गर्नुका साथै केही व्यक्तिलाई रोजगारी प्रदान गर्न सकेकोमा खुशी व्यक्त गर्छन् । रासस
 

प्रतिकृया दिनुहोस
SITENAME

यो हो दुनियाँकै सानो टापु

अमेरिकाको न्युयोर्क्स्थित एलेक्जेन्ड्रिया नजिकै एउटा सानो टापु छ । यो विश्वकै सबैभन्दा सानो टापु हो । दुनियाँकै सानो यो टापुको नाम जस्ट रुम इनफ हो ।

SITENAME

सामसुङले भारतमा बनायो विश्वकै ठूलो मोबाइल कारखाना

विश्वको प्रमुख सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ । उत्तर प्रदेशको

SITENAME

जिमेलमा आफैं डिलिट हुने इमेल कसरी पठाउने ?

गुगलले हालै जिमेलमा महत्वपूर्ण परिवर्तन गर्दै विभिन्न फिचर्स थप गरेको छ जसले प्रयोगकर्ताको प्राइभेसीलाई बढावा दिनुका साथै इमेल प्रेषकलाई आफूले