Close This

प्रदेशकै सबै भन्दा ठुलो चिस्याज चण्डार पहलमानपुरमा

३ हजार मेट्रिक टन भण्डारण गर्न सक्ने क्षमता

बिहीबार चैत २९, २०७४/ Thursday 04-12-18
Paschim Today

पश्चिम टुडे, धनगढी, चैत्र २९ । कैलालीको पहलमानपुरमा प्रदेश ७ कै सबैभन्दा ठूलो चिस्यान भण्डार बन्ने भएको छ । प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले भण्डारको शिलान्यास गर्नुभयो । ३ हजार मेट्रिक टन भण्डारण गर्न सक्ने क्षमता रहेको चिस्यान केन्द्रको अनुमानित लागत ११ करोड ७६ लाख १९ हजार सात सय रुपैयाँ रहेको छ । सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन प्रालिले निर्माण गर्न लागेको सो चिस्यान भण्डार निर्माणका लागि रिज्मको २ करोड ९९ लाख ८९ हजार रुपैयाँ अनुदान रहेको कम्पनीका अध्यक्ष रामबहादुर रावतले बताउनु भयो । सिलन्यास कार्यक्रममा मन्त्री बोहराले भण्डारले प्रदेश सरकारको कृषिमा आत्मनिर्भर र प्रदेश समृद्धिको यात्रामा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।