Close This

लागूऔषध चरेश सहित कैलालीबाट एकजना पक्राउ 

बिहीबार चैत २९, २०७४/ Thursday 04-12-18
Paschim Today

धनगढी, २९ चैत्र । 
कैलालीको धनगढीबाट लागूऔषध चरेशसहित प्रहरीले एक जना पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ ट्राफिक चौराहाबाट २ किलो ८ सय ग्राम लागूऔषध चरेश पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी हवल्दार कामदेव भण्डारीको नेतृत्व टोलीले वडा नम्बर २ बस्ने लक्ष्मीराज गुरागार्इँलाई पक्राउ गरेको हो । 

बझाङबाट लागूऔषध चरेश किनेर बृन्दाबन लैजाने तयारी गरिरहेको अबस्थामा गुरागाईँलाई पक्राउ गरेको भण्डारीले बताएका छन् । गुरागाईँले नेपालबाट चरेश किनेर भारतको बृन्दाबनमा पठाउने काम गर्दै आएको बुझिएको छ । 

पक्राउ परेका गुरागाईँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइको छ । प्रहरी हवल्दार भण्डारी नेतृत्वको टोलीले केहि दिन अघिमात्र ३ केजी चरेशसहित एकजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका थिए ।