Close This

इन्स्योरेन्सको शाखा उद्घाटन

शुक्रबार चैत ३०, २०७४/ Friday 04-13-18
Paschim Today

धनगढी, ३० चैत्र ।
सानिमा लाईफ इन्स्योरेन्सको धनगढी र महेन्द्रनगरमा शाखाको उद्घाटन गरिएको छ । प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले दुई सहरमा शाखाको उद्घाटन गरिएको हो । 
    उद्घाटन कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्सका मुख्य प्रबन्धक घनश्याम थापा, सद्भाव दूत कलाकार जितु नेपाल, प्रबन्धक उषा खतिवडा, प्रदेश नम्बर ७ को क्षेत्रीय म्यानेजर गणेश उप्रेती लगायतको सहभागिता रहेको थियो । सानिमा लाईफ इन्स्योरेन्सको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी दुई अर्ब र एक अर्ब ४० करोड चुक्ता पूँजी रहेको छ ।