बैतडीको पञ्चेश्वर गाउँपालिकामा सोलार सेट निःशुल्क वितरण

SITENAME

बैतडि, ३० चैत्र ।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा निःशुल्क रूपमा एक हजार सोलार सेट वितरण गरिएको छ । 
उज्यालो पञ्चेश्वर कार्यक्रमअन्र्तगत गरिब, विपन्न, एकल महिलालगायत उज्यालोको पहुँचबाट टाढा रहेकालाई सोलार वितरण गरिएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ । 
गाउँपालिकाको रु २० लाख र बाँकी वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरिएको वडा नम्बर २ का वडाअध्यक्ष दशरथ मंगोलाले जानकारी दिए । 
गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रदेससभा सदस्य लिलाधर भट्टले सो सोलार वितरण गर्दै जनप्रतिनिधिहरूले जनचाहना अनुसार काम गर्ने बताए । 
पञ्चेश्वर गाउँपालिकामा पनि विभिन्न समस्या रहेकाले यसको समाधानका लागि आफूले सक्दो पहल गर्छु उनले भने–‘जनताले विश्वास गरेर भोट दिएकाले जनमतको कदर गरी अहिलेका जनप्रतिनिधिले काम गर्नुपर्छ ।’
यसअघि चैत पहिलो साता बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि “उज्यालो दोगडाकेदार” बनाउन गाउँपालिकाभित्र निःशुल्क रूपमा एक हजार सोलार पाता वितरण गरेको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

तरकारी खेतीले फेरियो महिलाको दैनिकी

डडेल्धुरा, ३ असोज । तीन वर्ष अघिसम्म दाउरा बिक्री र मजदुरी गरेर विहान साँझको छाक टार्ने रत्ना ऐर पछिल्लो समय दिनहुँ ७ क्वीन्टल भन्दा बढी तरकारी बिक्री

SITENAME

मुहार फेर्दै ग्रामीण क्षेत्र

धनगढी, असोज २ गते । विकासको दृष्टिकोणले निकै पछाडि परेको कैलारी गाउँपालिकाको ग्रामीण क्षेत्रले मुहार फेर्न थालेको छ ।      विकास निर्माणको

SITENAME

टम्बो मोबाईल विक्रेता भेटघाट कार्यक्रम

पश्चिम टुडे, धनगढी १ असोज ।  टम्बो मोबाईलले मोबाईल बिक्रेता फर्मका प्रतिनिधिहरु संग भेटघाट कार्यक्रम आईतबार सम्पन्न भएको छ ।  टम्बो मोबाईलको