Close This

म्यान अफ द सिरीजलाई मोटरसाइकल

शनिबार बैशाख १, २०७५/ Saturday 04-14-18
Paschim Today

धनगढी, वैशाख १ गते । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा म्यान अफ द सिरीज भएका खेलाडी रोहन मुस्तफालाई मोटरसाइकल प्रदान गरिएको छ । 
    धनगढीको दिनेश फाउण्डेशनले प्रायोजन गरेको उक्त मोटरसाइकल फाउण्डेशनका अध्यक्ष श्याम हमालले हस्तान्तरण गरे । युएइ राष्ट्रिय टिमका कप्तान समेत रहेका विदेशी खेलाडी रोहनले टिम चौराहा धनगढीबाट खेलेका थिए । अलराउण्डर उनी फाइनल खेलमा काठमाण्डौं विरुद्ध अर्धशतक बनाउनुका साथै दुई विकेट पनि लिएका थिए । डीपीएल प्रतियोगिता अवधिभरी ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेकाले उनलाई म्यान अफ द सिरीज घोषणा गरिएको हो ।