Close This

व्यावसायिक शिक्षा नीति नहुँदा शैक्षिक बेरोजगार बढे

कैलाली बहुमुखी देशकै उत्कृष्ट क्याम्पस

शनिबार बैशाख १, २०७५/ Saturday 04-14-18
Paschim Today

 पश्चिम टुडे÷धनगढी, चैत ३०   ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिक्षा नीति ब्यावसायीक नहुदा शैक्षिक बेरोजगार बढेको बताएका छन् । कैलाल बहुमुखी क्याम्पसको ३८ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले पढेका ब्यक्तिहरु बेरोजगार बस्न नपरोस भनेर नै सरकार व्यवसायमुखी शिक्षा नीति ल्याउन पहल गरिरहेको बताए । उनले भने, शिक्षा निति गलत भएका कारण बेरोजगारी समस्या समाधान हुन नसकेको बताए । मुख्य मन्त्री भट्टले जागीर गर्नलाई मात्र पढ्नु पर्छ भन्ने मान्यता सही नभएको बताए । गरिव र निमुखा समुदायका विद्यार्थीहरुले पनि उच्च शिक्षा पढ्न पाउने कुराका लागि प्रदेश सरकार लागिपरेको छ । प्रदेशको चमत्कारी विकास ५ वर्षमै गर्न नसकिने बताउदै मुख्यमन्त्री भट्टले भने,–सहि विधि र पद्धति स्थापित गर्न सरकार लागेको बताए ।  प्रदेशका सबै तह र तप्का विद्यार्थीहरुको सहज पहुँचमा रहेको कैलाली क्याम्पसको स्तरोन्नतिका लागि प्रदेश सरकार लाग्ने प्रतिवद्धता समेत मुख्य मन्त्री भट्टले गरे । सोही समारोहमा बोल्दै सामाजिक विकास मन्त्री दिर्घ सोडारीले सुदुरपश्चिम विश्व विद्यालयलाई प्रदेश सरकारको मताहतमा ल्याउन पहल भैरहेको बताए । टोलटोलमा क्याम्पस खोल्ने चलन ठिक नभएको बताउदै उनले क्याम्पस मर्जको निती ल्याउने तयारीमा सामाजिक विकास मन्त्रालय लागेको बताए । कार्यक्रममा नेकपा एमालेका प्रतिनिधीसभा सांसद नारदमुनी राना, धनगढी उपमहानगरपालीकाका प्रमुख नृप बहादुर वडले कैलाली बहुमुखी क्याम्पसले यस क्षेत्रको शैक्षिक विकासमा पु¥याएको योगदानको प्रशंसा गरे ।
कैलाली बहुमुखी देशकै उत्कृष्ट क्याम्पस
कैलाली बहुमुखी क्याम्पस देशकै उत्कृष्ट सामुदायीक क्याम्पसको रुपमा पुरस्कृत भएको छ । त्रिभुवन बिश्व विद्यालयले आफ्ना क्याम्पसहरुमा शैक्षिक नतिजा, पूर्वाधार विकास र पठनपाठनका हिसावले १२ सय क्याम्पसहरु मध्य २०७४ सालको उत्कृष्ट क्याम्पसको रुपमा कैलाली बहुमुखी क्याम्पसलाई मुल्यांकन गरिएको क्याम्पस प्रमुख डा.पदमराज जोशीले बताए । क्याम्पसले उत्कष्ट भएको भन्दै प्रमाणपत्र र नगद २ लाख ५० हजार प्रदान गरिएको बताए । प्रध्यापक र कर्मचारीहरुलाई सम्मान
कैलाली बहुमुखी क्याम्पसले आफ्नो ३८औं बार्षिकोत्सवको अवसरमा लामोसमय देखि क्याम्पसमा कार्यरत प्रध्यापक र कर्मचारीहरुलाई सम्मान गरेको छ ।
सम्मान हुनेहरुमा डाक्टर हेमराज पन्त, सुरेन्द्र चन्द, चेतराज ओझा, श्यामराज जोशी, तोयनाथ भट्ट, डिल्लीराज फुलारा, महादेव घर्ती, शिवराज जोशी, डिल्लीराज चटौत, रामानन्द प्रशाद यादव, डाक्टर पदमराज जोशी, बालकृष्ण जोशी, दमन बहादुर चलाउने, लोक बहादुर बिष्ट र श्रीकृष्ण पन्त रहेका छन् । सबैलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।