Close This

धनगढीमा नोभा अस्पतालको सेवा सुरु

आइतबार बैशाख २, २०७५/ Sunday 04-15-18
Paschim Today

धनगढी, २ वैशाख ।
धनगढीमा १५ शैयाको नोभा हस्पिटल प्रा.लि. सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर शनिवारदेखि अस्पतालले आफ्नो सेवा सुरु गरिएको हो । 
    प्रोफेसर डा. मुकुन्दराज जोशीले एक कार्यक्रमकाबीच अस्पतालको उद्घाटन गर्नुभयो । उक्त अस्पतालमा ट्रमा सेन्टर, हाडजोर्नी, नशा, पेट, छाती, मुटुको सेवा उपलब्ध रहेको छ । १० करोडभन्दा बढी लगानीमा अनिता पन्तले निजी हस्पिटल सञ्चालनमा ल्याएकी हुन । 
    नोभा हस्पिटलमा ट्रमा सेन्टर रहेकाले अब विरामीले उपचारका लागि भारतका विभिन्न अस्पताल धाउनु पर्ने बाध्यता हटेको अस्पतालका लोकराज भट्टले बताए । उनले निकट भविष्यमा अस्पतालमा आइसीयू र एनआइसीयू सञ्चालन गरिने जानकारी दिए ।