Close This

मेरो वर्ष २०७५ अभियानको शुभारम्भ

आइतबार बैशाख २, २०७५/ Sunday 04-15-18
Paschim Today

धनगढी, २ वैशाख ।

प्रदेश नं ७ को धनगढीबाट शुरु गरिएको ‘मेरो वर्ष २०७५ अभियान’को मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार शुभारम्भ गरेका छन् ।
सामाजिक विकास मन्त्रालयको परिसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अभियानको शुभारम्भ गर्दै स्वस्थ्य जीवन जीउन दैनिक योगाभ्यास गर्न जरुरी रहेको बताए । 
सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले स्वास्थ्य वर्ष अभियानलाई प्रदेश नं ७ का गाउँ÷वडा तहमा पु¥याउनका लागि मन्त्रालयले विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । 
‘स्वस्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मेरो वर्ष अभियान शुरु गरिएको जनाइएको छ । शुभारम्भका अवसरमा गरिएको योगाभ्यासमा मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु प्रदेशसभा सदस्यलगायत सहभागी भएका थिए । यस क्रममा सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीलाई फलफूल वितरणका साथै अस्पताल परिसरमा सरसफाइसमेत गरिएको छ ।
मन्त्रालयमा आयोजित कार्यक्रममा प्रदेश नं ७को लोक संस्कृतिको संरक्षण संवद्र्धन गर्ने उद्देश्यसहित गरिएको देशदर्शन अभियानका सहभागीलाई सम्मान पनि प्रदान गरिएको थियो । रासस