Close This

चिसापानी क्षेत्रमा सरसफाई

आइतबार बैशाख २, २०७५/ Sunday 04-15-18
Paschim Today

धनगढी, २ वैशाख ।
नयाँ वर्षको उपलक्ष्यमा शनिबार जिल्ला समन्वय समिति कैलालीको आयोजनामा चिसापानीमा रहेको कर्णाली पुल परिसरमा सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रममा कैलालीको गोरङ्गेमा रहेको सात नम्बर प्रदेश पृतना तालिम केन्द्रका नेपाली सेना, सशस्त्र प्रहरीको डुडेझारी सुरक्षा बेश क्याम्पका सशस्त्र प्रहरी, नेपाल प्रहरी, लम्कीचुहा नगरपालिकाका मेयर तथा कर्मचारी पदाधिकारीहरु सहभागिता रहेको थियो । यस्तै, योग समिति लम्की र टीकापुरका पदाधिकारीहरु तथा स्थानीय बासिन्दाको सहभागिता रहेको जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले जानकारी दिए ।
उनले सात नम्बर प्रदेशको प्रबेशद्वाराको रुपमा रहेको एसियाकै नमुना कर्णाली पुलमा आन्तरिक र बाह्य पर्यटकहरु घुम्न आउने भएकाले सरसफाई गरिएको बताए ।