Close This

एपीएफ गौरीगंगा कपको फाइनलमा

सोमबार बैशाख ३, २०७५/ Monday 04-16-18
Paschim Today

घनश्याम पौडेल, मसुरिया, बैशाख ३ ।
विभागीय टोली एपीएफ सुदूरपश्चिम–११ बी लाई हराएर कैलालीको मसुरियामा जारी प्रदेश स्तरीय आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
    आइतवार भएको पहिलो सेमिफाइनल खेलमा २–० गोल अन्तरले सुदूरपश्चिम–११ लाई पराजित गरी एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफको जितमा मोहन आलेले पहिलो हाफको ४० औं मिनेट र भुपेन्द्र बमले दोस्रो हाफको ३१ औं मिनेटमा एक÷एक गोल गर्दै आफ्नो टिमलाई जिताए । खेलमा सुदूरपश्चिम चार वटा प्रहारलाई गोल हुनबाट विफल पारेका एपीएफका गोल रक्षक प्रितम खड्का म्यान अफ द म्याच घोष्तिा भए । 
    एपीएफले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेताको सामना गर्नेछ । मंगलवार हुने फाइनल खेलका विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैया पुरस्कार पाउने जनाइएको छ ।