स्थानीयवासी दूषित पानीको प्रयोग गर्न बाध्य

रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् ।  हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको वडासदस्य बलदेव भट्टले बताए । 
‘दूषित पानीका कारण लाग्ने रोगबाट बूढापाका, बालबालिका बढी प्रभावित हुँदै आए पनि युवा र महिलासमेत यसबाट प्रभावित रहेका छन्’ उनले भने । 
पानीकै कारण हुने गरेका रोगको उपचारका लागि स्थानीय बासिन्दा स्वास्थ्य चौकी पुगेर उपचार गराउँदै आएपछि लामो समयसम्म पनि छालासम्बन्धी रोग निको हुने गरेको छैन । 
     दमलपट्टि, चित्रपुर, कालागौंडी, आन्ध्राजाला, तिलकपट्टिलगायत क्षेत्रका बासिन्दा दूषित पानीका कारण बढी प्रभावित रहेका छन् । विभिन्न निकायमा पुगेर पानी चेकजाँचका लागि आग्रह गरे पनि हालसम्म पानी चेकजाँच हुन नसकेको स्थानीय बासिन्दाले बताए । 
     पानीमा पहेलो निस्कने पदार्थ आइरन वा आर्सेनिक हुनसक्ने अनुमान गरिँदै आए पनि पिउने पानीको अर्को विकल्प नहुँदा स्थानीय बासिन्दा बाध्यताले सोही पानीको प्रयोग गर्दै आएका छन् । त्यसक्षेत्रमा ३०-३५ फिटमै हेण्डपम्पमा पानी आउने गरेको छ । पहेँलो पानीका कारण बिरामी पर्ने त छँदै छ वडाध्यक्ष बाले रानाले भने–‘कपडा धुने गर्दा पूरै पहेँलो हुने र भाँडाकुडामा समेत कालो दाग लाग्ने समस्या छ ।’
     नगर विधान अधिवेशनका क्रममा समेत बोतलमै पानी भरेर लगेर देखाएका छौँ वडादस्य भट्टले भने–‘शुद्ध पेयजलका लागि खानेपानी आयोजना निर्माण गर्न दबाब दिने कार्य गरिए पनि सुनवाइ हुन सकेको छैन ।’ यहाँका बासिन्दाले खानेपानी आयोजना निर्माणका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस
SITENAME

योग शिक्षक पुनर्ताजगी तालिम सुरु

पश्चिम टुडे, धनगढी, बैशाख ६ । पतञ्जलि योग समितिको आयोजनामा पाँच दिने योग शिक्षक पुनर्ताजगी तालिम बुधवारदेखि धनगढीमा सुरु भएको छ । तालिमको एक

माटो परीक्षण गर्न घुम्ती अभियान

पश्चिम टुडे, धनगढी, बैशाख ६ । कैलालीमा भजनी नगरपालिकामा बुधवारदेखि घुम्टी माटो परीक्षण अभियान सुरु भएको छ ।      भजनी नगरपालिका–४ धनौरामा

भत्केको सीमा स्तम्भ पुनःनिर्माण शुरु

रासस नेपाल–भारत संयुक्त सर्वे टिमले बुधवारदेखि कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ पुनर्निर्माण शुरु गरेको छ