बूढीगंगा नदीमा जलयात्रा सुरु

SITENAME

रासस
अछामको बूढीगंगा नदीमा औपचारिक रूपमा जलयात्रा शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो । 
उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रूपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाले नयाँ वर्षको अवसर पारी विधिवत् रूपमा जलयात्रा शुरु गरिएको कम्पनीका अध्यक्ष रमेश कुँवरले बताए । देशैभरि विभिन्न नदीमा ¥याफ्टिङ सेवा सञ्चालन गरेको कम्पनीले नेपालका चार धाममध्येको एक वैद्यनाथ धाम र प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जिमराडी क्षेत्रमा जलयात्रा सञ्चालन गरेको हो । 
साँफेदेखि चित्रेसम्मको करीब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गराएवापत एकजनाबाट खानाको व्यवस्थासहित रु एक हजार ५०० लिइने र समूहगत भएमा विशेष छुट प्रदान गरिने उक्त कम्पनीले जनाएको छ । अछामको बूढीगंगा र कैलाशमा सजिलै ¥याफ्टिङ गराउन सकिने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिनेसमेत कम्पनीका अध्यक्ष कुँवरले बताए । वैद्यनाथ धाम र जिमराडीलाई धार्मिक पर्यटनका रूपमा अघि बढाउनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन हुने ¥याफ्टिङ सेवाले निकै सघाउ पु¥याउने देखिएको छ । 
अब नियमितरूपमा साँफेबगरदेखि जिमराडी चित्रेसम्म ¥याफ्टिङ सञ्चालन गरिने र होटेल व्यवसायी तथा स्थानीयवासीको मागअनुसार प्राविधिकसहितका सामग्रीसमेत थप गरिने सो कम्पनीले जनाएको छ । 
अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन, खप्तड, वैद्यनाथ धाम, चित्रे जिमराडीलगायत क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन गरिने जलयात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

विकास बजेट खर्च कछुवा गतिमा

पश्चिम टुडे/धनगढी १० असार । मुलुक सङ्घीय संरचनामा गएपछि विकास बजेट खर्च प्रगति बढ्ने अपेक्षा गरिए पनि कैलालीमा पूँजीगत (विकास) बजेट खर्च अवस्था

SITENAME

प्रदेश सरकारले के मा, कति कर लगाउँदैछ ?

पश्चिम टुडे, धनगढी ८ असार । प्रदेश नम्बर ७, प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०७५/०७६ को साउन १ गतेदेखि सबै प्रकारको आर्थिक क्रियाकलापमा कर लगाउँदैछ

SITENAME

बजेटप्रति प्रतिपक्षी दलका सांसद असन्तुष्ट

सिद्धराज भट्ट, असार ८ धनगढी प्रदेश नं ७ को सरकारले ल्याएको आव २०७५/०७६ को बजेटमाथिको छलफलमा प्रदेशसभा बैठक भाग लिने विपक्षी सदस्यले बजेटप्रति तीव्र