सुत्केरीको ज्यान जोगाउन रगत जुटाउँदै

रासस
बाजुराको जगन्नाथ गाउँपालिका–१ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् ।
रगत अभावका कारण सुत्केरी विकको ज्यान खतरामा भएको समाचार गत चैत ३० गते राससमा प्रकाशन भएपछि हालसम्म ‘बी’ पोजेटिभ रगत दिनेहरू सम्पर्कमा आई तीन पिन्ट रगत दिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका ल्याब कर्मचारी जगतबहादुर शाहीले जानकारी दिए । 
रक्तदातामा नेपाली सेना, समरजित गुल्मका जवान सञ्जय तामाङ, गौमुल गाउँपालिका–६ की कल्पना रोकाया र बडीमालिका नगरपालिका–८ का गोरखबहादुर विष्ट छन् । रगत अभाव भएर जिल्ला अस्पताल बाजुरामा उपचार गराइरहेकी विकको स्वास्थ्यवस्थाका बारेमा बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बिरामीसँग भेट गरेर जानकारी लिएकी छन् । विष्टले विकलाई रगत खोज्न नगरपालिका र्कालयलाई आग्रह गरिएको बताइन् । 
विकको स्वास्थ्यमा सुधार हुदै आएको उपचारमा संलग्न डा दुर्गा महर्जनले बताए । उनले शरीरबाट रगत धेरै बगेकाले रक्त अल्पता भएकाले कम्तीमा ९ पिन्ट हुनुपर्छ । उनको शरीरमा ४ पिन्ट मात्र रगत भएकाले अझै पाँचदेखि सात पिन्ट रगत चहिने बताए । रगत दिनका लागि जिल्लाका नेपाली सेना, नेपाल प्रहरीलगायतका कर्मचारीलाई पनि आग्रह गरिएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

पत्रकार महांघको भवन उद्घाटन

कन्चनपुर, २६ मंसिर । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आर्चायले महासङ्घको कञ्चनपुर शाखा कार्यालय भवनको मंगलबार उद्घाटन गरेका छन्

SITENAME

बाँदर आतङ्कले किसान आजित

विनोद सिंह विष्ट, बैतडी, २६ मंसिर । बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले

SITENAME

सुदूरपश्चिमको भुवाँ खेल डोटीबाट सुरु

डोटी, २६ मंसिर । सुदूरपश्चिम प्रदेशको डेउडा पछिको दोश्रो ठूलो खेल (नाच) भुवाँ नाच डोटीबाट सुरु भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडान. १ तिखा