Close This

कविता श्रेष्ठको एल्बम “मन ” म्युजिक भिडियो सार्वजनिक

सोमबार बैशाख ३, २०७५/ Monday 04-16-18
Paschim Today

बैशाष ३ ।
गायिका कविता श्रेष्ठ  एल्बम “मन ” म्युजिक भिडियो सहित लिएर नेपाली सांगीतिक बजारमा  आएकी छिन ।  उनी सम्झाउन खोज्छु र्यो  मन’ नामक गीति भिडियो लिएर दर्शक तथा श्रोता माझ आएकी हुन । नयाँ वर्षलाई लक्षित गर्दै बैशाख १ गते हाइलाईट्स नेपाल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ । सो गितमा प्रसिद्ध संगितकार तथा गायक ओम सुनारको संगीत रहेको छन भने, कविता श्रेष्ठ र ओम सुनारको स्वरमा  गित छ ।  गायिका श्रेष्ठ आफैले रचना गरेको गीतको भिडियो निकै रोमान्टिक बनाइएको छ । स्वयम  गायक गायिका भिडियोमा छन । मोडलिङ आफ्नो पेशा नभएपनि यसलाई नौलो प्रयोगको रुपमा लिन सकिने ओम र कविताको भनाइ छ । कुलेखानी र चित्लाङमा छायांकन गरिएको भिडियोलाई गायिका कविता आफैले निर्देशन गरेकी हुन । सिन्धुलीमा जन्मीएकी उनी डेढ वर्ष देखि संगीत क्षेत्रमा क्रियाशिल छिन । यो अवधिमा दर्जन बढी गीतमा आवाज भरिसकेकी कविता छिट्र्टै मन’ एल्बमका साथ आउने तयारीमा समेत छिन । त्यसो त एक दशक देखि संगीत क्षेत्रमा लागेका ओम गायक भन्दा ज्यादा संगीतकारले चिनिन्छन् । उनले २५० भन्दा बढी गीतमा आवाज दिइसकेका छन ।दिव्य सुवेदीले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन । https://www.youtube.com/watch?v=fomCpRr71J4&feature=youtu.be