बाजुरामा औषधि अभावले हैरानी

रासस, बाजुराका नौ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकाका स्थानीयवासीहरू बिरामी हुँदा निजी मेडिकलहरूबाट औषधि किन्नु पर्ने बाध्यता टर्न सकेको छैन ।  जिल्लाका नौ स्थानीय तह रहेको बाजुरामा अधिकाँश स्थानीय निकायमा औषधि अभाव हुन थालेको छ । गर्मी बढेसँगै स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । 
जिल्लाका लागि क्षेत्रीय कार्यालय र केन्द्रबाट औषधि खरिद गरेर नपठाउँदा औषधिको अभाव चुलिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकार औषधि निःशुल्क पाइने भएपनि कुनै कुनै औषधि स्वास्थ्य संस्थाहरूमा उपलब्ध नभएको बिरामीहरूले गुनासो गरेका छन् । 
जिल्ला स्वास्थ्य कार्यालय बाजुरा र नौ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको पाइएको छ । औषधि चर्को अभाव दुर्गम क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा रहेको छ ।  स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएपछि बिरामीहरूले निजी क्लिनिकहरूबाट औषधि चर्काे मूल्यमा किन्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यालयमा बिरामी भएर भर्ना भएकी बडीमालिका नगरपालिका ३ की तुलादेवी खड्काले दुई हजार पाँच सय भन्दा बढी रुपियाँ तिरेर निजी मेडिकलबाट औषधि किनेको गुनासो दुखेसो गरेकी छिन् । उनले भनिन्–‘आफू बिरामी हुँदा सबै औषधि मेडिकलबाट किनें तर, अस्पतालमा स्वास्थ्य जाँच मात्र भयो ।’ स्वास्थ्य कार्यालयमा आएका अन्य बिरामीहरूको पनि औषधि मेडिकलबाट किन्नु परेको खड्काको भनाइ छ ।
जिल्ला अस्पतालमा समेत औषधि छैन । जिल्ला अस्पतालबाट पहिले भन्दा अहिले सबै सेवा पाएको भएपनि केही औषधि अभावले समस्या पारेको बिरामीहरूले बताउने गरेका छन् । जिल्लामा केन्द्रबाट आवश्यक औषधि प्राप्त नहुँदा औषधि अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।  जिल्ला स्वास्थ्य कार्यालयमै औषधि अभाव हुँदा जिल्लाका अन्य स्वास्थ्य चौकीमा पनि औषधिको अभाव भएको छ । अस्पतालमा रहेका सबै औषधि सकिएको भएपनि औषधि उपलब्ध नगराइएको जिल्लाका स्वास्थ्य चौकीहरूको भनाइ रहेको छ । जिल्लामा एकवटा जिल्ला अस्पताल, २६ स्वास्थ्यचौकी, एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, आठ वटा सामुदायिक स्वास्थ्य एकाई र दुई वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् । समय समयमा क्षेत्र र केन्द्रमा जानकारी गराए पनि औषधि आपूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 
सबै अधिकार स्थानीय तहमा गएको र आफूहरूसँग केही बजेट नभएकाले औषधि खरिद प्रक्रिया समेत अन्योल हुनपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रूपचन्द्र विश्वकर्माले बताए । 
स्थानीय तहमा सबै अधिकार गएपछि अहिले बजेट नभएकोले ‘औषधि खरिद गर्ने रकम स्थानिय तहमा गएको छ । अधिकार जति सबै स्थानिय तहमा गएकोले ्जिल्ला स्वास्थ्य कार्यालयले केही गर्ने नसकिने बताइएको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा दैनिक करीब एकसय भन्दा बढी बिरामी आउने गरेका छन् । 

प्रतिकृया दिनुहोस
SITENAME

नेल्टाको अध्यक्षमा भट्ट चयन

पश्चिम टुडे, धनगढी ६ साउन । नेपाल इङ्लिस ल्याङ्वेज टिचर एशोसिएसन (नेल्टा) को अध्यक्षमा लक्ष्मणदत्त भट्ट चयन भएका छन् । शनिबार धनगढी सम्पन्न अधिवेसनले

SITENAME

जिविकोपार्जनमा सहयोग गर्ने प्रतिबद्धता

पश्चिम टुडे, धनगढी ६ साउन ।  धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले मुक्त कमैयाको जिविकोपार्जनमा सहयोग गरिने बताएका छन् । शनिवार धनगढी

SITENAME

एक वर्षको तलब ज्येष्ठ नागरिकलाई 

शेरबहादुर सिंह, कञ्चनपुर ६ साउन ।  भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगिन् ।