Close This

जानकी गाउँपालिका फाइनलमा

मंगलबार बैशाख ४, २०७५/ Tuesday 04-17-18
Paschim Today

पश्चिम टुडे, मसुरिया, बैशाष ४ । जानकी गाउँपालिका पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले सहारा युवा क्लब पहलमानपुरलाई पराजित गरी प्रदेश स्तरीय आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
    सोमवार भएको सेमिफाइनल खेलमा दुवै टिमबाट निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा खेल पुगेको थियो । फाइनलमा प्रवेश गरेको जानकी गाउँपालिकाले उपाधिका लागि विभागीय टोली एपीएफको सामना गर्नेछ । मंगलवार हुने फाइनल खेलका विजेता टिमले नगद दुई लाख र उपविजेताले एक लाख रुपैया पुरस्कार प्राप्त गर्नेछ ।