Close This

मदिराका कारण महिला हिंसामा बृद्धि

चालु आर्थिक वर्षको हालसम्म १ सय ८० वटा महिला हिंसा सम्वन्धिका उजुरी प्रहरीमा

मंगलबार बैशाख ४, २०७५/ Tuesday 04-17-18
Paschim Today

पश्चिम टुडे, अछाम, बैशाष ४ । अछाममा अघिकांस महिला हिंसाका घटनाहरु मदिरा सेवन गर्नेहरुबाट घट्ने गरेका  छन् । जिल्ला प्रहरी कार्यालय अछाममा रहेको तथांक अनुसार प्रहरीमा आउने महिला हिंसा सम्वन्धि उजुरी मध्ये अधिकांस मदिरा सेवन संग जोडिने गरेका छन् । प्रहरीका अनुसार मदिरा सेवन गर्नेले नै महिलामाथी हिंसा तथा हैरानी गर्ने गरेका छन् । हिंसा बिरुद्ध प्रहरीको सक्रियता बढाए संगै अछामका महिलाहरु हिंसाका घटना बाहिर आउन थालेका छन् । महिला हिंसा, घरेलु हिंसा लगायत महिला संग सम्वन्धित घट्नाहरु प्रहरी समक्ष पुग्न थालेको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।
मदिराको खुल्ला बिक्रीवितरणका कारण महिला हिंसाका घट्नाहरु बढ्दै गैरहेको प्रहरीको अनुसन्धानले देखाउँछ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चालु आर्थिक वर्षको हालसम्म १ सय ८० वटा महिला हिंसा सम्वन्धिका उजुरी प्रहरीमा परेका छन । उजुरीमा मेलमिलापका आधारमा घट्नाहरु मिलाउने गरिएको प्रहरी नायव उपरिक्षक न्यौपानेले  बताए । महिलाहरुमा हिंसा सहेर बस्नु हुदैन भन्ने भावनाको विकास भएकाले समेत महिला प्रहरी समक्ष पुग्ने गरेको प्रहरीले बताएको छ । महिला तथा बालबालिका सेवा केन्द्रले विभिन्न क्रियाकलाप र प्रहरीको सक्रियताका कारण पनि महिलाहरुले हिंसा सहेर बस्नु हुदैन भन्ने चेतनाको विकास भएको प्रहरीको दावी छ ।