Close This

एपीएफले जित्यो गौरीगंगा कप उपाधि

विजेता टिमलाई प्रतिनिधि सभा सदस्य लेखराज भट्टले पुरस्कार हस्तान्तरण

बुधबार बैशाख ५, २०७५/ Wednesday 04-18-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाष ५ ।कैलालीको गौरीगंगा नगरपालिका स्थित मसुरियामा भएको प्रदेश स्तरीय आमन्त्रित गौरीगंगा फुटबल कप फुटबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलवार भएको खेलमा एपीएफले जानकी गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गरी उपाधि उचालेको हो । जितसंगै एपीएफले दुई लाख रुपैया सहित ट्रफी हात पारेको छ । उपविजेता जानकी गाउँपालिकाले एक लाख रुपैया पुरस्कारमा चित्त बुझाएको छ ।
एपीएफको जितमा कमल देउवाले ह्याट्रिक पूरा गरे । एक गोल बादल पाख्रिनले थपेका थिए । विजेता टिमलाई प्रतिनिधि सभा सदस्य लेखराज भट्टले पुरस्कार हस्तान्तरण गरे । उपविजेतालाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड र गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका गरे ।
       प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफका कमल देउवा घोषित भए  उनले नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गरे । उत्कृष्ट गोल रक्षकमा एपीएफका प्रितम खड्का, मिडफिल्डर जानकी गाउँपालिकाका प्रितम रेग्मी, सर्वाधिक गोलकर्ता सुदूरपश्चि–११ बी टिमका माधव भण्डारी र उत्कृष्ट रक्षक जानकी गाउँपालिकाका शाहिल बिष्ट घोषित भए ।