Close This

निगालोका सामग्री लोप हुने अवस्थामा

बुधबार बैशाख ५, २०७५/ Wednesday 04-18-18
Paschim Today

पश्चिम टुडे, बझाङ, बैशाष ५ । बझाङ जिल्लामा परम्परागत रुपमा रहेको निगालोका सामग्रीहरु लोप हुने अवस्थामा पुगेका छन् । निगालोबाट बन्ने विभिन्न सामग्रीहरुको सीप हस्तान्तरण नहुनुका साथै निगालाहरु समेत जंगलमा पाईन छाडे पछि यो ब्यबसाय नै लोप हुने अवस्थामा पुगेको हो । निगालाबाट बन्ने विभिन्न सामग्रीहरुको माग दिन प्रति दिन बढदै गएको भएपनि निगालाका समानहरु बुन्ने सीप अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तान्तरण नहुनाले यो व्यवसाय नै लोप हुने अवस्था सिर्जना भएको छ । लेकबाट निकालेर ल्याएर घरमै बसी डोका, नाङ्गला, चिङ्गग्रा, धान तथा गहुँ भण्डारण गर्ने कोठा र कुरु, सुप्पा, मुङ्ना लगायतका विभिन्न सामाग्रीको माग गाउँ–गाउँ ब्यापक बढेको भएपनि यस्ता समाग्रीहरुको अभावामा अहिले वैकल्पिक रुपमा टिन तथा प्लाष्टिकका सामाग्रीहरु प्रयोग गरिरहेका छन् । 

हाल जंगलमा निगालो समेत नपाइने र त्यस माथी अहिल्यका यूवाहरु बिदेश पलायन हुनाले परम्परागत सिप समेत हस्तान्तरण हुन नसकेको जिल्लाको सुर्मा गाँउपालिकाका बहादुर बोहराले  बताए ।  पहिले धेरै स्थानियहरुको व्यवसाय नै डोको लगायत निगालाका सामाग्री बुन्ने गरेका भएपनि पछिल्लो समय त्यो पेशा क्रमिक रुपमा लोप हुदैँ गएको छ तर केही फाटफुट स्थानीयहरुले भने डोको तथा निगालोका समाग्री बनाउने व्यवसायबाटै छोरा छोरीको पढाई खर्च चलाउँदै आएका छन् । पहिले गाँउभरि सबैले यसै व्यवसायबाट आफ्नो जिविकोपार्जन गरि रहेका भएपनि पछिल्लो समयमा विदेश जाने होडबाजीका कारण यो व्यवसाय संकटमा परेको छ । निगालो लिन पहिले दुई घण्टा लाग्ने जङ्गगलमा अहिले दिनभर खोजेर निकालो ल्याउने बाध्यता सिर्जना भएको यस ब्यबसायमा संलग्न व्यवसायी बताउँछन् । लेकाली जङ्गलहरुमा निकालो उत्पादनमा कमी हुनु र कतिपयले निकालो उत्पादन हुने वन क्षेत्रमा आगो लगाउन थालेपछि निकालोको उत्पादनमा कमी आउने गरेको छ ।