Close This

मुख्यमन्त्रीकी छोरी सामुदायिक विद्यालयमा भर्ना

बुधबार बैशाख ५, २०७५/ Wednesday 04-18-18
Paschim Today

धनगढी, ५  वैशाख ।
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु भएको छ । मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिक वडा नम्बर ४ मा रहेको राष्ट्रिय माविमा १४ वर्षकी छोरी पुनम भट्टलाई कक्षा ८ मा भर्ना गराउनु भएको हो । राजनीतिज्ञले आफनो छोराछोरीलाई महगा वोर्डिङ तथा विदेशमा पढाउने परम्परा चलिरहेका बेला पत्नी दुर्गा भट्टलाई साथमा लिएर मुख्यमन्त्री भट्ट यसअघि डोटीको देवस्थल माविमा अध्ययन गर्दै आएकी छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गराउनु भएको हो । सामुदायिक विद्यालयप्रति अभिभावको आकर्षण घटदै गईरहेका बेला मुख्यमन्त्री भट्टले भर्ना अभियान सञ्चालन भईरहेका एक छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गरेका हुन । आफनो छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दै मुख्यमन्त्री भट्टले सवैले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने बाताबरण प्रदेश सरकारले बनाउने बताउनु भयो ।