Close This

मनपरी शुल्क नियन्त्रण गरिन्छ : नगरप्रमुख वड

बुधबार बैशाख ५, २०७५/ Wednesday 04-18-18
Paschim Today

धनगढी ।  धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले मनपरी शुल्क अशुल गर्ने कार्यलाई नियन्त्रण गरिने बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन( क्रान्तिकारी)को ज्ञापनपत्र बुझ्दै नगरप्रमुख वडले यस बिषयमा नगरपालीकाले १८ बदे प्रतिवद्धतापत्रको तयारी गरिरहेको बताए । उनले भने,‘निजि विद्यालयहरुले मनपरी शुल्क बृद्धि गरिरहेको छ भन्ने कुरो आएको छ यस बिषयमा हामी गम्भीर छौं ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन( क्रान्तिकारी) कैलालीका अध्यक्ष डम्वर राज भट्टराईले प्रत्येक वालबालिकाहरुले आधारभूततह सम्मको शिक्षा निशुल्क रुपमा पाउनुपर्ने कुराको ग्यारेन्टी हुनुपर्ने बताए । उनले भने,‘चर्को शुल्क अशुल्ने र अबैध रुपमा संचालन गरिएका विद्यालयहरुको अनुगमन गर्न हामी नगरपालीका संग माग गर्दछौं ।धनगढी उपमहानगरपालीका नगर शिक्षा अधिकृत बिरबहादुर नेपालीले आफुहरु प्रतिवद्धतापत्रको तयारीमा जुटेको बताए । उनले भने,हामीले सबै निजि विद्यालयहरुलाई शुल्क विवरण माग गरेका छौं । त्यसपछि शुल्क निर्धारण समितिले शुल्क निर्धारण गरेर लागु गर्न लगाउने छ ।