Close This

गाउँपालिकामा लगाएको ताला खोलियो

बिहीबार बैशाख ६, २०७५/ Thursday 04-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख ६ । बैतडीको सुर्नया गाउँपालिका–१ मा विगत आठ दिनदेखि गरिएको तालाबन्दी बुधवार खोलिएको छ । सुनर्या गाउँपालिका–१ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए । 
साबिककोे हटैराज गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले अबउपरान्त योजना निर्माणका काममा बाधा नपु¥याउने तथा निर्माणका काम सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष कलशबहादुर चन्दले जानकारी दिए । सर्वपक्षीय तथा सर्वदलीय उक्त बैठकले स्थानीयवासीले राखेको मागको सम्बोधन गर्ने गरी सहमति भएको जनाएको छ । यसअघि गत चैत २७ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गर्नाका साथै विकास निर्माणका काममा समेत उनीहरूले अवरोध पु¥याएका थिए । 
सुर्नया–१ हटैराजमा क्रियाशील राजनीतिक दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राप्रपाका प्रतिनिधिद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा वडाध्यक्ष कलशबहादुर चन्दले निर्णय एकलौटी गरेको आरोप लगाएका थिए । यता वडाध्यक्ष चन्दले भने वडा र गाउँसभाबाटै पारित भएका योजनालाई कार्यान्वयन गरिरहेको बताएका छन् ।