Close This

धनगढीमा गण्डकीको कारोबार शुरु

बिहीबार बैशाख ६, २०७५/ Thursday 04-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख ६ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त गण्डकी विकास बैंकले धनगढीमा आफ्नो कारोबार शुरु गरेको छ । धनगढी चौराहामा शाखा स्थापना गरेर बैंकले बुधबारदेखि कारोबार शुरु गरेको हो ।आर्थिक कारोबार शुरु गरेको र शाखाको औपचारिक उद्घाटन केही दिनमै गरिने गण्डकी विकास बैंकको धनगढी शाखा प्रबन्ध कृष्णबहादुर बोहराले बताए ।  बैंकको धनगढी शाखाबाट निक्षेप संकलन, सबै प्रकारको सर्वसुलभ कर्जा प्रवाह, एसएमएस मोबाइल बैंकिङ्ग, एटिएम, लकर, एबीबीएस, शेयरमा आवेदन आश्वा सेवा, डिम्याट अकाउण्ट, रेमिट्यान्स लगायतका सेवाहरु उपलब्ध रहेको प्रबन्धक बोहराले जानकारी दिए । 
    यसका साथै गैरकोषमा आधारित बिडबण्ड, परफमेन्स बण्डलगातका अन्य सेवाहरु पनि बैंकले आफ्ना ग्राहकले उपलब्ध गराउने र सुन कर्जा पनि छिट्टै शुरु गर्न लागिएको गण्डकी विकास बैंक धनगढी शाखाले जनाएको छ । बैंकले बचत खातामा ८ प्रतिशत र मुद्दतिमा १२ प्रतिशत ब्याज दिने गरेको शाखा प्रबन्धक बोहराले बताए ।
देभरीमै सबैभन्दा बढी चुक्ता पुँजी भएको विकास बैंकमा पर्ने गण्डकी विकास बैंकले बुधबार एकैदिन धनगढी सहित देशभर ८ वटा शाखाबाट कारोबार शुरु गरेको हो । यीसँगै उक्त बैंकका देशभर ५९ शाखा विस्तार भएका छन् ।   आफुना शाखाहरुबाट न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूह आवद्ध लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको सो बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले देशका विभिन्न ठाउँमा १८ वटा शाखा निर्माणाधिन अवस्थामा रहेका जानकारी दिएका छन् ।