Close This

माटो परीक्षण गर्न घुम्ती अभियान

बिहीबार बैशाख ६, २०७५/ Thursday 04-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख ६ । कैलालीमा भजनी नगरपालिकामा बुधवारदेखि घुम्टी माटो परीक्षण अभियान सुरु भएको छ । 
    भजनी नगरपालिका–४ धनौरामा आयोजित एक कार्यक्रमकोबीच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले अभियानको उद्घाटन गरिन । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरको आयोजनामा सञ्चालित अभियान एक हप्तासम्म चल्ने जनाइएको छ । भजनी नगरपालिकामा रहेका चार सयभन्दा बढी किसानको खेतको माटो संकलन गरेर परीक्षण गरिने वरिष्ठ माटो विज्ञ प्रकाशकुमार पन्तले जानकारी दिए । उनले माटोमा रहेको नाइट्रोजन, फोस्फोरस, पोटास, अम्लीयन र क्षारियपन लगायतको परीक्षण गरिने जानकारी दिए ।