Close This

योग शिक्षक पुनर्ताजगी तालिम सुरु

बिहीबार बैशाख ६, २०७५/ Thursday 04-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख ६ । पतञ्जलि योग समितिको आयोजनामा पाँच दिने योग शिक्षक पुनर्ताजगी तालिम बुधवारदेखि धनगढीमा सुरु भएको छ । तालिमको एक कार्यक्रमकाबीच पतञ्जलि योग समिति नेपालका राष्ट्रिय सहप्रभारी मदनराज पाण्डेयले दीप प्रज्वलन गरेर उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटन अवसरमा राष्ट्रिय सह प्रभारी पाण्डेय, अध्यक्ष श्यामराज श्रेष्ठ, महिला प्रभारी दुर्गेश कलौनी, मार्गदर्शक हेमन्तराज ओझा, उपाध्यक्ष कृष्णदत्त कलौनीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यसैगरी, महामन्त्री चेतराज पाण्डेय, महिला महामन्त्री बिन्दु विनाडी, संगठनमन्त्री गौरी नाथ, वरिष्ठ योग प्रशिक्षक प्रेम चन्द, केन्द्र सञ्चालक प्रताप चन्द, भूतपूर्व अञ्चल प्रभारी धर्मराज कोइरालालाई पनि कार्यक्रमका संयोजक कुलबहादुर हमालले दोसल्ला ओढाएर सम्मान गरे । पाँच दिनसम्म आयोजना हुने पुनर्ताजगी तालिमको सहजिकरण पतञ्जलि योग समिति नेपालका राष्ट्रिय प्रभारी लभदेव मिश्रले गरिरहेका छन् । १६२ जना साधकहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन युवा प्रभारी सुभाष बमले गरेका थिए ।