Close This

      गजल

दिनेश राज पाठक तारानगर , धनगढी          

शनिबार माघ २०, २०७४/ Saturday 02-03-18
Paschim Today

कापी कलम बोकी स्कुल गए आमा ।
टाईबेल्ट पोशाकलाई स्कुल गए आमा ।।
पढेका कुरा लेखेका कुरा यादमा राखी ।
प्रश्नको उत्तर दिन स्कुल गए आमा ।।
साथीभाई सँगै बसी एउटै बेञ्चमा ।
मिलिजुली हिसाब गर्न स्कुल गए आमा ।।
नयाँ कुरा नयाँ ज्ञान सिकाई दिए ।
गुरुबाट शिक्षा पाउन स्कुल गए आमा ।।
मिहीनेत र परिश्रम गरि विधा मन्दिरमा ।
ठुलो मान्छे बन्न स्कुल गए आमा ।।