Close This

इन्ट्याग्रिटी आइडलको मनोनयन खुल्ला

बिहीबार बैशाख ६, २०७५/ Thursday 04-19-18
Paschim Today

इन्ट्याग्रिटी आइडल २०१८ का लागि मनोनयन खुल्ला गरिएको छ । एकाउन्टिबिलिटी नेपालले इन्ट्याग्रिटी आइडलका लागि मनोनयन खुल्ला गरेको हो । सरकारी सेवामा रहेर सेवाग्राहीलाई सहज र सरल सेवा प्रदान गर्ने सन्दर्भमा थोरै पनि सम्झौता नगर्ने जुनसुकै ओहोदाका राष्ट्र सेवक कर्मचारीहरुलाई आम नागरिकले पाएको सेवाको आधारमा वा देखेको सकारात्मक अभ्यासका आधारमा मनोनयन दर्ता गर्न सक्ने जनाइएको छ । मनोनयन फाराम इन्ट्याग्रिटी आइडलको आधिकारिक वेवसाइटबाट डाउन लोड गर्न सकिने जनाइएको छ । वैशाख ३१ गतेसम्म मनोनयन दर्ता गरिसक्नु पर्ने जनाइएको छ ।
       मनोनयन दर्ता गरेकामध्ये अन्तिम पाँच जनामध्येबाट सबैभन्दा बढी भोटको आधारमा एक जनालाई इन्ट्याग्रिटी आइडल पपुलर घोषणा गरिने जनाइएको छ । अन्तिम पाँचमा परेकाहरुलाई समेत ट्रफी सहित सम्मान गरिने जनाइएको छ ।