Close This

राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

बिहीबार बैशाख ६, २०७५/ Thursday 04-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख ६ । कैलाली निर्वाचन क्षेत्र नं ५ स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता बुधवार देखि क्षेत्रीय रंगशाला धानगढीमा सुरु भएको छ ।
प्रतियोगिताको बुधवार धनगढी उपमहानगरपालीकाका प्रमुख नृप बहादुर वडले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद मात्रै नभएर असल समाज निर्माणका लागि समेत खेलकुद आवश्यक भएको बताए । उनले खेलकुदको विकासका लागि धनगढी उपमहानगरपालीका सक्रिय रहेको बताए । खेलकुद प्रतियोगिताको आयोजना गर्ने, खेल मैदान निर्माण गर्ने लगायतका काममा नगरपालीकाले सधै सहयोग गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै क्षेत्रीय खेलकुद विकास समितिका सदस्य गिता सोराडीले ७ नम्बर प्रदेशलाई खेलकुदले चिनाएको बताईन । उनले भनिन्,क्षेत्रीय समिति खेलाडीको हितमा सधै काम गर्ने प्रतिवद्धता जनाईन । उद्घाटन शत्रको सभापतीत्व बाबुराजा श्रेष्ठले गरेका थिए । प्रतियोगितामा भलिवल, कबड्डी र ऐथलेटिक्स खेलहरु खेलाईने भएका छन् । क्षेत्र नं ५ का ९ वटा विद्यालयहरुको प्रतियोगितामा सहभागिता रहेको छ ।