Close This

७ नम्बर प्रदेशका मुख्यमन्त्रीको छोरी सामुदायीक विद्यालयमा भर्ना

आफुले काम गर्ने विद्यालयको पढाईमा बिश्वास गर्नुहोस ः मुख्यमन्त्री भट्ट

बिहीबार बैशाख ६, २०७५/ Thursday 04-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख ६ । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफु काम गर्र्ने विद्यालयको पढाईप्रति बिश्वास गर्न सामुदायीक विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका छन् ।
धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा मुख्यमन्त्री भट्टले यस्तो आग्रह गरेका हुन । सामुदायीक विद्यालयका शिक्षकहरुलाई आफुले पठनपाठन गर्ने विद्यालयको पढाईमै बिश्वास नहुनु दुःखद कुरो हो मुख्य मन्त्री भट्टले भने,सरकारी कर्मचारी र सामुदायीक विद्यालयका शिक्षकहरुले सरकारी विद्यालयमा छोराछोरी अनिवार्य रुपमा पढाउनका लागि कानुन ल्याउने बताए ।
शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरु अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्नुहोस् मुख्य मन्त्री भट्टले भने, “विद्यालयप्रति चासो राख्नुहोस् अनि मात्र शिक्षाको गुणस्तरमा सुधार हुन्छ ।” सामुदायीक विद्यालयका विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै यसमा सबैको सहयोगसमेत आवश्यक रहेको बताए । उनले भने,सरकार सबैका छोराछोरी सामुदायीक विद्यालयमा पढ्नसक्ने वातावरण बनाउन चाहिरहेको बताए ।
भर्ना अभियानलाई प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गरेका हुन । यसअघि उनकी छोरी डोटीको के आइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन् । बुधवार बिहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुग्नुभएका मुख्यमन्त्री भट्टले आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई उक्त विद्यालयमा भर्ना गराएका थिए ।  वैशाख २ बाट देशभरी भर्ना अभियान शुरु गरिएको छ ।