Close This

धनगढीमा फन सिटीको निर्माण 

शुक्रबार बैशाख ७, २०७५/ Friday 04-20-18
Paschim Today

धनगढी, ७ धनगढी ।

करिब १२ करोड वढीको लगानीमा धनगढीमा निर्माण भईरहेको धनगढी फन सिटीको निर्माण भएको छ ।
जल विहार गर्नका लागि विभिन्न सुविधा सहितको फन पार्कको निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिका २ त्रिनगर भन्सार नजिकै पुरानो भन्सार रोडमा झण्डै अढाई विगाह क्षेत्रफलमा निर्माण सुरु गरिएको फन पार्कको निर्माण शुरु भएको दुई वर्षपछि सम्पन्न भएको हो । 
फन पार्कमा, जल विहार, लगायत विभिन्न प्रकारका पानीमा रमाउनका लागि आवश्यक पर्ने उपकरणहरु, रेष्टुरेन्ट लगायतको सुबिधाहरु रहेको सन्चालक श्याम विष्टले बताए ।  निर्माण भएको फनपार्कमा स्वीमिङ पुल सहित वेव पुल, किड्स पुल, मल्ट्रील्याण्ड स्लाईड, ट्युवलाईट स्लाईड, पेन्डुलम, म्युजिकल फनटेन, व्रेक डान्स लगायतका जल विहारमा आनन्द लिन सकिने सेवाहरु रहने बिष्टले बताए । बाहिरबाट धनगढीमा आउने पर्यटकहरुलाई, रमाउनका लागि आवश्यक स्थान नभएपछि निर्माण कार्य सुरु गरिएको फन पार्कले आन्तरिक पर्यटकहरुलाई सवैभन्दा वढी राहत हुने संचालक बिष्टले बताए  । 
नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको पुरानो भन्सार रोडमा अवस्थित धनगढी फन सिटीको यहि बैशाख १४ गतेदेखि सर्वसाधारका लागि खुला गरिने छ ।