Close This

उद्योग बाणिज्य संघ कैलालीमा चुनावी सरगर्मि

कुँवरको प्यानलको घोषणा 

शुक्रबार बैशाख ७, २०७५/ Friday 04-20-18
Paschim Today

धनगढी, ७ धनगढी ।
बैशाख २२ गते हुन गैरहेको कैलाली उद्योग बाणिज्य संघको चुनावका लागि बर्तमान कोषाध्यक्ष पुष्पराज कुँवरको प्यानलको बिहीबार पत्रकार सम्मेलन गरेर घोषणा गरिएको छ । 
‘ब्यावसायिक एकता र आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ प्यानलको घोषणा कार्यक्रममा निवर्तमान अध्यक्ष कर्ण कुँवर, पुर्व अध्यक्षहरु गोपाल हमाल र दिनेशराज भण्डारी लगायतको समर्थन रहेको छ । घोषणा गरिएको प्यालनमा बरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, बाणिज्य उपाध्यक्षमा गगन के.सी., बस्तुगत उपाध्यक्षमा शिव कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै महासचिवमा ओम विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिव सिद्धराज पनेरुले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरि सदस्य पदमा उम्मेदवारी दिनेहरुमा मनोज अग्रवाल, केशवराज जोशी, टोपबहादुर के.सी., शिव सापकोटा, मिलन कुँवर, तिलक खतिवडा, सुरेन्द्र बोहरा, लक्ष्मणराज पन्त र धन बहादुर चौधरी रहेका छन् । १ जना महिना सदस्य र  जोशीपुरबाट एक सदस्यको टुङलो लाग्न बाँकी रहेको जनाईएको छ । 
यस प्यानलले प्रदेश ७ लाई भातरसग जोडने गौरीफन्टा नाका र चिनसग जोडने बझाङको ताक्लाकोट नाकालाई अन्तराष्ट्रिय नाका बनाउन पहल गर्ने प्रमुख एजेण्डा बनाएको छ । विधानलाई सशोधन गरि प्यान भ्याट नलिएका तथा विकृतिको रुपमा रहेका गैर सदस्यहरुलाई व्यवस्थित गर्ने, प्रदेशमा विषेश आर्थिक क्षेत्र स्थापना तथा विषश औद्योगिक प्याकेज घोषणा गर्ने, एक स्थानीय तह एक उत्पादन क्षेत्र अवधारण अघि सार्ने, कर भन्सार विमा बैकिङ र सुरक्षा जस्ता विषय छुट गराउने प्रतिवद्धता पत्रमा उल्लेख गरिएका छन । संघले सुदुरपश्चिम महोत्सवमा राख्दै आएका मध्ये पुरा नभएका माग पुरा गराउनका लागि पहल गर्ने र सुन्दर सुदुरपश्चिम भ्रमण वर्ष २०७५ आयोजनाका लागि प्रदेश सरकारसग पहल गर्ने लगायतका ९ वुदे प्रतिवद्धता पत्र सार्जजनिक गरिएको छ ।
२०२७ सालमा स्थापना भएको कैलाली उद्योग बाणिज्य संघको बैशाख २२ गते ४६ औ साधारण सभाबाट नयाँ कार्य समिति चुनिदै छ । संघका वर्तमान महासचिव रुपेश स्वाँरको अर्को प्यानल रहने चर्चा रहेको छ ।