शुक्लाफाँटा नगरपालिकाले बनायो १४ कानून

शुक्रबार बैशाख ७, २०७५/ Friday 04-20-18
Paschim Today

कन्चनपुर, ७ धनगढी ।
शुक्लाफाँटा नगरपालिकाले निर्माण गरेका १४  वटा कानून राजपत्रमा प्रकाशन गरेको छ । राजपत्रमा चार वटा ऐन, तीन वटा नियमावली, पाँच वटा कार्य्विधि, एक आचारसंहिता र एक निर्देशिका प्रकाशन गरिएका हुन् ।
कार्यपालिकाको बैठकबाट कार्यविधि, निर्दे्शिका, आचारसंहिता र नगरसभाबाट ऐन पारित गरिएपछि राजपत्रमा प्रकाशन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले   बताए ।
राजपत्रको भाग–१ मा प्रकाशन भएका ऐनमा शुक्लाफाँटा नगरपालिका स्थानीय तहको आर्थिक ऐन २०७४, स्थानीय तहको विनियोजित ऐन २०७४, आर्थिक कार्य्विधि नियमित र व्यवस्थित गर्न बनेको ऐन २०७४, प्रशासकीय कार्य्विधि नियमित गर्ने ऐन २०७४, कार्यसम्पादन नियमावली २०७४, नगर कार्यपालिका कार्य्विभाजन नियवाली २०७४ र नगर कार्यपालिकाको निर्णय आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्य्विधि नियमावली, २०७४ रहेका छन् ।
यसैगरी, राजपत्रको भाग–२ मा शुक्लाफाँटा नगरपालिका एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्य्विधि २०७४, योजना सञ्चालनसम्बन्धी कार्य्विधि २०७४, स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्य्विधि २०७४, शुक्लाफाँटा नगरपालिका पदाधिकारीहरुको आचारसंहिता २०७४ र शुक्लाफाँटा नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७४ प्रकाशन गरिएका छन् ।
प्रस्तावना तयार गरिएका बाँकी ऐन छिट्टै विशेष नगरसभा डाकेर पारित गरी राजपत्रमा प्रकाशन गरिने नगर प्रमुख ऐरले बताउनुभयो । ऐन, नियमावली, कार्यविधी र निर्देशिका पारित भई राजपत्रमा प्रकाशन भइसकेपछि कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै नगर प्रमुख ऐरले भने, ‘नगरको कार्य सञ्चालन गर्नका लागि सघाउ पुगेको छ ।’