Close This

मन्त्री र बिभागको निर्देशनले तश्करीलाई प्रोत्साहन 

सेटिङ्गमा चिनि तस्करी

शुक्रबार बैशाख ७, २०७५/ Friday 04-20-18
Paschim Today

धनगढी, ७ धनगढी ।
नेपाली चिनी उद्योगहरुको दवावमा अर्थमन्त्री युवराज खतिवडा र भन्सार बिभागका महानिर्देशक तोयम रायको मौखिक निर्देशनका कारण सात नं प्रदेशका ३० लाख वढी उपभोक्ता प्रति एक किलो चिनीमा ८ रुपैंया ठगिन वाध्य भएका छन । मन्त्री र महानिर्देशकको निर्देशनकै कारण बर्षौंदेखि भारतवाट चिनी तश्करी गरि बजारमा एकाधिकार कायम राख्ने गिरोह झन प्रोत्साहित भएको छ । प्रदेश ७ मा बर्षेनी खपत हुने ३० हजार मेट्रिकटन चिनी मध्ये ९६ प्रतिशत खुला सिमानावाट तश्करी भएर भित्रीने गरेको छ ।
भन्सार मूल्य निर्धारण सम्वन्धि कानुनी ब्यबस्थालाइ छलेर मन्त्री र महानिर्देशकको दवावमा प्रदेशको मुख्य भन्सार नाकाले भारतवाट सवै प्रकृया पुगाएर पैठारी हुन थालेको चिनीमा रोक लगाएपछि उपभोक्ता मारमा परेका हुन । पछिल्लो समय धनगढीका केही ब्यबसायीहरुले भारतीय बजारवाट वैध रुपमा चिनी पैठारी गरेर विक्री गर्न खोज्दा मन्त्री र महानिर्देशकको ठाडो आदेशमा तश्करीलाइ प्रोत्साहन हुने गरी चिनी पैठारी रोकिएको हो ।
‘भारतवाट आयात हुने चिनी प्रतिकिलो भारु ३० रुपैंया खरिद मूल्य कायम गरेर मात्र पैठारी गर्नु भन्ने मौखिक आदेशका कारण चिनी भन्सारमा रोकिएको हो’ निमित्त भन्सार प्रमुख गोपीकृष्ण उप्रेतीले भने ‘ब्यबसायीहरुले भारतीय बजारवाट प्रतिकिलो २६ भारतीय रुपैंयाका दरले चिनी खरिद गरेको प्रमाण पेश गरेका छन ।’ महानिर्देशकको मौखिक आदेशमा चिनी रोकिएको उनले स्वीकार गरे । उप्रेतीले भने ‘नेपाली चिनी उद्योगका मालिकहरुले मन्त्री र महानिर्देशकलाइ भेटेर भारतीय चीनीसंग प्रतिष्पर्धा गर्न नसक्ने भन्दै चिनी आयातमा रोक लगाउन माग गरेपछि यस्तो निर्देशन आएको हुन सक्छ ।’ 
‘८० रुपैंया प्रतिकिलो चिनी उपभोग गरिरहेका उपभोक्ताले वैधानिक वाटोवाट आएको चिनी ७२ रुपैंया प्रतिकिलो खरिद गर्न सक्छन’ब्यबसायी हरिशंकर ठाकुरले भने ‘बिभागले तश्करीलाइ प्रोत्साहन हुने गरि चिनी आयातमा रोक लगाएपछि ब्यबसायी र उपभोक्ता मारमा परेका छन भने ठूलो मात्रामा राजश्व गुमेको छ ।’भन्सारको मूल्य निर्धारण सम्वन्धि कानुन अनुसार सवै प्रकृया पुरा गरेर भन्सारमा आइपुगेको चिनी भित्रीन नदिनुको पछाडी ठूलो आर्थिक चलखेल समेत भएको ब्यबसायिहरुले आरोप लगाएका छन । ठाकुर ट्रेड लिंकको नाममा आएको १ हजार क्वीण्टल र बजरंग सप्लायरको नाममा आएका ५ सय क्वीण्टल चिनी भन्सारमा थन्किएको ४ दिन भइसकेको छ । 
सरकारी तथ्यांक अनुसार प्रदेश नं ७ मा बर्षेनी ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ । खपत हुने मध्ये ९६ प्रतिशत भन्दा वढी सिमापारीवाट तश्करी भएर चिनी भित्रीने गरेको भन्सार कार्यालयका अधिकारीहरु वताउछन । ‘यो भन्सार कार्यालयवाट नगण्य रुपमा मात्र चिनी भित्रीने गरेको छ’ भन्सार प्रमुख गोपीकृष्ण उप्रेतीले भने ‘गत ७ महिनामा १३ हजार किलो चिनी बैध वाटोवाट भित्रीएको देखिन्छ ।’     प्रदेशको अर्को ठूलो नाका गड्डा चौकीवाट पनि चिनी नगण्य रुपमा आयात हुने गरेको छ । कर्णाली पारी देशका अन्य भेकवाट ७ नं प्रदेशमा एक किलो चिनी समेत आउंदैन । प्रदेशका ९ जिल्लासंगै कर्णालीका मुगु , कालीकोट र डोल्पाको केही भूभागमा समेत प्रदेश ७ को नाकावाट भित्रीएको चिनी पुग्ने गरेको छ । प्रदेशमा खपत हुने चिनी कहां वाट आउँछ ? भन्सार प्रमुख उप्रेती भन्छन ‘यस बिषयमा मिडीयाले कुरा उठाउनु पर्यो ।’
 ‘७ नम्बर प्रदेशमा आयात हुने चिनी मध्य ९६ प्रतिशत भन्दा बढी भन्सार छली गरेर आउने गरेको छ ’ साल्ट ट्रेडिंगका सहायक महाप्रवन्धक केशवप्रसाद पाण्डेले भने ‘जनसंख्या अनुसार ७ नम्बर प्रदेशमा बर्षेनी २५ देखि ३५ हजार मेट्रिक टन  चिनी आवश्यक हुन्छ ।’ दशैं र तिहारका समयमा केही सय क्वीण्टल सुपथ मूल्यको चिनी वाहेक ७ नं प्रदेशमा नेपालको अन्य भूभागवाट चिनी आउंदैन उनले भने ‘आवश्यक रहेको २५ देखि ३५ हजार मेट्रिक टन चिनी भारतीय बजारवाट निकै सस्तोमा खरिद गरी खुला सिमानावाट भन्सार छलेर नेपाल भित्र्याइने गरिएको छ ।’ झण्डै बार्षिक ४८ करोड भन्दा वढी राजश्व छली गर्दै चिनी भित्रीने गरेको पनि उनले वताए । ‘यो ४ बर्ष अघिको सर्भे हो’ पाण्डेले भने ‘भारतवाट तश्करी गरेको चीनी स्थानीय उत्पादनको छाप लगाएर बर्षौं देखि ठगी धन्दा चलिरहेको छ ।’
भन्सार नाकावाट नगण्य रुपमा चिनी भित्रीएपनि भन्सार छली गरेर  भित्र्याउने केही चिनी मिलका मालिक र ब्यबसायीका गोदाम भने भरिएका हुन्छन । स्थानीय प्रशासन , प्रहरी , कर , राजश्व अनुसन्धान ,भन्सार लगायत सरोकारवाला सवै निकायलाइ चिनीको अवैध कारोवारका बिषयमा जानकारी छ । तैचुप मैचुपमा बर्षौं देखि भइरहेको चिनी तश्करीलाइ भन्सार बिभागले समेत मौन समर्थन जनाएपछि बैध रुपमा कारोवार गर्ने ब्यबसायी र उपभोक्त पिडीत भएका छन । 
‘मूल्य निर्धाण गर्ने काम सम्वन्धित भन्सार कार्यालयको हो’ भन्सार बिभागका महानिर्देशक तोयम रायले प्रतिक्रिया दिंदै भने ‘यस बिषयमा बिभागको कुनै सरोकार हुंदैन ।’ उनले ब्यबसायीका चित्त नबुझेका प्रकृया पुगाएर कानुनी उपचार खोज्नुपर्ने वताए । बिभाग र मन्त्रीको आदेशका कारण बैधानिक वाटोवाट चिनी पैठारीमा समस्या भएको बिषयमा भने उनले कुनै प्रतिक्रिया दिन चाहेनन । उनले भने ‘यो सवै कैलाली भन्सार कार्यालयलाइ सोध्नुहोला ।’