Close This

’दबंग ३“ मा सलमानको प्रेमिका बन्दै ’नागिन“ !

सोमबार बैशाख १०, २०७५/ Monday 04-23-18
Paschim Today

टेलिभिजन शो ’नागिन“ बाट चर्चित भएकी अभिनेत्री मौनी रोय चाँडै अक्षय कुमारको फिल्म ’गोल्ड“ बाट बलिउडमा डेब्यु गर्दै्छिन् । यसैबीच उनको नाम सलमान खानको नयाँ फिल्म ’दबंग ३“ मा पनि जोडिएको छ । ’दबंग ३“ मा मौनी, सलमानको पूर्व प्रेमिकाको भूमिकामा देखिने चर्चा बलिउडमा छ । फिल्ममा सलमान र मौनीको फ्ल्यासब्याक सिन हुने बताइएको छ । तर, यस विषयमा मौनीको तर्फबाट कुनै अफिसियल एनाउन्समेन्ट भएको छैन  ।  मौनी रोयको कुरा गर्ने हो भने प्रायः उनी सुन्दर तश्बिरका कारण लाइमलाइटमा आउने गर्द्छिन् । ’नागिन“  को भूमिका न्यायपूर्वक निर्वाहा गरेपछि उनी यतिबेला आफ्नो पहिलो बलिउड फिल्म ’गोल्ड“ को प्रदर्शन मिति कुरेर बसेकी छिन् । यस फिल्मले बलिउडमा आफ्नो करिअर चम्काउन ठूलो सहयोग गर्नेमा उनी विश्वस्त छिन् । उता, सलमान खानको कुरा गर्ने हो भने यतिबेला उनी ’रेस ३“ को छायांकनमा व्यस्त छन् । यो फिल्मको सुट सकिए लगत्तै उनी ’दबंग ३“ का लागि समय दिँदैछन् । यस फिल्मको अहिलेसम्म लिड एक्ट्रेसको नाम तय भइसकेको छैन ।