मोडलिङमा   बिपनाको संघर्ष      

SITENAME

  काठमाडौ, बैशाख १२ ।   कलाकारिता तथा मोडलिङ क्षेत्रमानै भबिष्य सम्झेर एक कुशल, चर्चित नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन बिपना श्रेष्ठ । मानिसहरुमा बढ्दो ग्ल्यामर्स मोह चाहले गर्दा मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन चाहने युवा युवतीहरुको संख्या दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।  यो क्षेत्रमा नाम कमाउन अनि चर्चित हुने  सबैको चाहना  पनि हुन्छ ।  

 त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिक्ने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल बिपना श्रेष्ठ लागेकी छिन । प्युठान जन्मथलो भएर बिगत २ बर्ष देखि काठमाडौँलाई कर्मथलो बनाउदै आफ्नो रोजगारी संगै मोडलिङमा निरन्तरता दिदै आएकी बिपना अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन ।  त्यसै अनुरुप मेहनत पनि गरि रहेकी उनी बताउछीन । करिब १ दर्जन म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरेकी विपनाले सौन्दर्य प्रतियोगिताहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छिन । उनी आफ्नो अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । भर्खर मात्र २३ औ बसन्तमा प्रवेश गरेकी बिपना श्रेष्ठ हेर्दा आकर्षित छिन ।  
  ल्याब टेक्निसियनको रुपमा एक प्राइभेट मेडिकलमा कार्यरत समेत रहेकी मोडल बिपना भन्छिन, ‘अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।’ उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ  जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन । आफु कलालाई सम्मान गर्ने भएकोले कलाकारिता क्षेत्रमा केहि नयाँ कुराको आयाम थप्दै भविष्यमा सम्पूर्ण नेपालीहरुको मन जित्दै एक कुशल अभिनेत्री बनेर राष्ट्रको सेवा गर्ने उनको उदेश्य रहेको छ ।

 

प्रतिकृया दिनुहोस

‘जवास लग्सै घुमे’ म्युजिक भिडियो सार्वजनिक

धनगढी, भदौ २३ गते । नवलपरासीको थारु भाषाको ‘जवास लग्सै घुमे’ बोलको गीतमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।      मसुरियामा रहेको हमार

SITENAME

साहारा तालिम केन्द्रको तीज विशेष कार्यक्रम सम्पन्न

पश्चिम टुडे, धनगढी २१ भाद्र ।  हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर साहारा तालिम केन्द्रले बुधवार धनगढीमा तीज विशेष कार्यक्रम

SITENAME

तर्क ढकाल र रिता खड्का को तिजकोे गित म त हिडे माईत को म्युजिक भिडियो सार्वजनिक ।।

नेपाली संगीत क्षेत्रमा सङर्षरत लोक तथा दोहोरी गायक तर्क ढकाल र रिता खड्का को तिजको गित तिजैको बेलामा म त हिडे माईत को  म्युजिक भिडियो सार्वजनिक