Close This

चलचित्र ‘तिम्रै लागि हो’ को गीत सार्वजनिक

बुधबार बैशाख १२, २०७५/ Wednesday 04-25-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख १२ । नेपाली कथानक चलचित्र ‘तिम्रै लागि हो’ को दुई वटा गीत सार्वजनिक गरिएको छ । टाइटल गीत र जाले रुमाल बोलको गीत सार्वजनिक गरिएको हो ।  अप इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा छायाङ्कन भएको गीतलाई हाइलाइट्स नेपालले यूट्युबमार्फत सार्वजनिक गरिएको छ । उक्त चलचित्रको जाले रुमाल बोलको गीत धनगढी स्थित भीमदत्त–दशरथ उद्यानमा छायाङ्न गरिएको थियो । गुणाकर पनेरुको शब्दमा सिमान्त सन्तोष र एञ्जिला रेग्मीको स्वर रहेको छ । उक्त गीतमा दिवस नाथ, अलिशा चाड, दीपक नेगी, ऐश्वर्य बिष्ट, गुणाकर पनेरु लगायतले अभिनय गरेका छन् । दीप श्रेष्ठले नृत्य निर्देशन गरेका छन् । भीम बिसीको संगीत रहेको गीतको भिडियो साहिल चौधरीले छायांकन गरेका थिए ।