Close This

सुदुरपश्चिमेली नेपाली समाज भारतको अध्यक्षमा मल्ल

बिहीबार बैशाख १३, २०७५/ Thursday 04-26-18
Paschim Today

धनगढी, १३ बैशाख । सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसनबाट अध्यक्षमा दिपक प्रकाश मल्ल निर्वाचित हुनुभएको छ । मल्ल धनगढीमा भएको अधिवेशनबाट सर्बसम्मत अध्यक्षमा चयन हुनुभएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा कटक बहादुर बिष्ट, उपाध्यक्षमा खगेन्द्र बजगाइ, सन्तोष भट्ट, महासचिवमा मोहनवीर साउद, टंकराज खड्का कोषाध्यक्षमा महाबीर भट्ट, सहकोषाध्यक्षमा बासुदेव जोशी चयन हुनुभएको छ ।             

३५ जनाको कमिटी रहने सुदूरपश्चिमेली नेपाली समाजमा २७ जना सदस्यसर्वसम्मत चयन गरिएको छ । यसैगरी अन्य ५ वटा बिभागीय नेतृत्व समेत सर्बसहमतिबाट चयन गरिएको प्रचारप्रसार संयोजक सिद्ध ढुङ्गानाले जानकारी दिनु भयो । जसको महिला बिभाग संयोजकमा बिष्णा थापा, कला संस्कृति बिभाग संयोजकमा सन्तोष धमाला, खेलकुद तथा शिक्षा बिभाग संयोजकमा मदन नाथ, सूचना तथा सञ्चार बिभाग संयोजकमा सिद्ध ढुङ्गाना, नेपाल भारत समन्वय समिति संयोजकमा दिपक खड्का चयन हुनुभएको छ । 

         प्रदेश नम्बर ७ का मुख्यमन्त्रि त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको अधिबेशनमा सुदुरपश्चिमेली नेपाली समाज –अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायर, सचिवालय सयोजक चेतन थापा लगायतको सहभागि रहेको थियो । 

        निर्वाचित भएपछि अध्यक्ष मल्लले प्रवासी नेपालीहरुको समस्या समाधानका लागि प्रत्यक्ष रूपमा दूतावासबाट सरकारलाई अवगत गराउने बताउनु भयो । उहाले सुदूरपश्चिमेली नेपाली समाजबाट सधैं बिदेशिने नेपालीको समस्याको अन्त्य गरि नेपालमा रोजगारीका अवसर सिर्जना गर्नका लागि प्रदेश सरकारसंग समन्वयात्मक भूमिका खेल्ने बताउनुभयो ।  वर्षेनी बिदेशिएका प्रवासी नेपालीले भोग्नुपरेका समस्या र समाधानका लागि सबै संघसंस्था, निकायसंग हातेमालो गरि काम गर्ने उहाले बताउनु भयो । अधिवेसनमा भारतका विभिन्न शहरमा रोजागरी गर्ने सुदुरपश्चिमेलीहरुको सहभागिता रहेको थियो ।