‘पूर्वाधारसँगै शैक्षिक विकास प्राथमिकता दिएका छौं’

शनिबार फागुन २२, २०७७/ Saturday 03-06-21
Paschim Today

बझाङको थलारा गाउँपालिकामा विकासका लागि विभिन्न योजना अगाडि बढेका छन् ।  एक घर एक धारा अबधारणा अन्तर्गत खानेपानीको काम भई रहेको छ । सबै वडालाई सडक संञ्जालमा जोड्ने कार्य भइसकेको छ ।

कृषिमा आत्मनिर्भर गाउँपालिका बनाउनका लागि अनुदान र कृषकलाई तालिम दिने कार्य भइरहेको छ । थलारा गाउँपालिकामा हालसम्म भएका र भइरहेका गतिविधिका बारेमा अध्यक्ष भुवनेश्वर उपाध्यायसंग पश्चिमटुडेकर्मी भुवन बहादुर सिंहले गरेका कुराकानीको सम्पादित अंश ।  

थलारा गाउँपालिकामा विकास निर्माणका काम कसरी  अगाडि बढिरहेका छन् ?
थलारा गाउँपालिकामा विकास निर्माणका कामहरु द्रूत गतिमा अगाडि बढी रहेका छन् । निर्वाचन भइसकेपछि हाम्रो गाउँपालिकाभित्र सडक, कृषि, स्वास्थ्य , शिक्षा, पर्यटन, सरसफाई  लागायतका कामको हामीले नीति बनाएका छौं । त्यही नीति नियमनुसार काम अगाडि बढिरहेको छ ।

थलारा विकासका लागि विभिन्न योजनाको काम अगाडि बढाउने तयारी गरिरहेका छौं । कुनै पनि ठाउँमा सडक संञ्जाल जोडेको थिएन अहिले सम्पूर्ण वडामा हामीले सडक पु¥याएका छौ । अब केही ठाउँमा मात्र सडक पु¥याउन बाँकी रहेको छ । पालिकाभित्र शिक्षाको विषयमा कुरा गर्दा हाम्रो गाउँपालिकाभित्र ४२ वटा विद्यालय रहेका थिए ।

एउटा स्कुल मर्ज गरेर ४१ वटा विद्यालय बनाएका छौ । ती ४१ विद्यालयमा सबै ठाउँमा खानेपानीको समस्या रहेको थियो । स्कुलमा घेरबाडको समस्या रहेको थियो । स्कुलमा शौचालयको समस्या रहेको थियो । तर, अहिले यी सबै स्कुलमा यो सबै समस्याको समधान भएको छ । केहि विद्यालयमा भवन एकदम जीर्ण अवस्थाका भवनहरु पनि थिए हाम्रो गाउँपालिकाको सहकार्यमा अहिले त्यो ठाउँमा नयाँ २५ वटा भवनहरु निर्माण भएका छन् । 


यी सबै विद्यालयमा बाल शिक्षा थिएन अहिले गाउँपालिकाबाट मासिक ६ हजार रुपैयाका दरले तलब दिने गरी बाल शिक्षा स्थापना गरेका छौ । केही स्कुलमा शिक्षको अभाव रहेको थियो अहिले शिक्षक नभएको विद्यालयमा मासिक २० हजार रुपैया तलब दिने गरी नीजि स्रोतबाट शिक्षक राखेका छौ । प्रत्येक विद्यालयमा बालमैत्री कक्षा सञ्चालन गरेका छौ ।

बालबालिकालाई हामीले सिकाइको माध्यामलाई अगाडि बढाउनका लागि विभिन्न खेलौना लगायतका सामाग्री हामीले उपलब्ध गराएका छौ । सबै खाले विकासलाई एक साथ अगाडि बढाएका छौ । साक्षर गाउँपालिका घोषणा गरि सकेका छौ । थलारा गाउँपालिका पूर्वाधारसँगै मानवीय र शैक्षिक विकासको गतिका अगाडि बढिरहेको छ । 

जनताले प्रत्यक्ष महसुुस गर्ने खालका कामहरु के के भएका छन् ?
जनप्रतिनिधि आइसकेपछि जनताले प्रत्यक्ष महसुुुुु्ुस गर्ने खालका काम धेरै नै  भएका छन् । जनताले प्रत्यक्ष फाईदा पाउनका लागि सडक खण्डका कुराहरु रहेका छन् । शिक्षाको कुराले पनि फाईदा पु¥याएको छ ।  प्रत्येक टोलमा खानेपानी पुगेको छ । यसमा पनि फाईदा भएको  छ ।

हाम्रो गाउँपालिकामा विभिन्न खालका संकटहरु रहेका थिए तर अहिले ति संकटबाट केही मुक्त भएको आभास भइ रहेको छ । सरसफाईका कामहरु पनि हाम्रो गाउँपालिकामा धेरै भएका छन् । यहाँका अधिकांश ठाउँलाई फलफूल पकेट क्षेत्र निर्धारण गरेका छौ । यसबाट जनता खुशी भएका छन् । 

समृद्ध थलारा खुशी थलारावासी नारा बनाउनु भएको रहेछ । नारालाई सार्थक बनाउन के के योजना ल्याउनु भएको छ ?
समृद्ध थलारा सुखी थलारा बनाउनका लागि हामीले यहाँका जनताको जीवनस्तर माथि उकास्नका लागि विभिन्न योजनाहरु अगाडि बढाएका छौं । यहाँका जनताको जीवनस्तर उकास्ने मुख्य क्षेत्र भनेको कृषि हो ।

त्यसैले यहाँका जनताका लागि तरकारी खेतीका कुरा भए त्यसै गरी फलफूलका, पशुपाल, घरेलु उद्योग, हातेहोजियारी जस्ता कामहरु गर्ने जनताका लागि हामी लागि रहेका छौं । पालिकाले यस विषयमा के सहयोग गर्नु पर्ने हो तयार रहेका पनि जानकारी गराउँदछु ।

त्यस्तै हाम्रो गाउँपालिकामा बाख्रापालन सम्बन्धी, बंगुर पालन  जस्ता कामहरु गरिरहेका छन् । गाउँपालिकाले लिएको लक्ष्यमा आधारित भएर आम जनताले काम गर्न इच्छा शक्ति देखाउनु भयो भने गाउँपालिका यसमा साथ सहयोग र सँगसँगै हातेमालो गर्न तयार रहेको  जानकारी गराउन चाहन्छु । 

पूर्वाधार विकासका काम भन्ने हो भने सामुदायिक भवनहरु बनेका छन् । त्यस्तै सार्वजनिक स्थलहरु पाटी पौवा, मठ मन्दिर निर्माण भएका छन् । यी कामलाई अझै अगाडि र निरन्तरता दिने हो भने भोलिको दिनमा पर्यटनको राम्रो सम्भावना बोकेको ठाउँ पनि थलारा हो । सबै वडाका वडा कार्यालय भवनहरु निर्माण भई सकेका छन् 

गाउँपालिका भरिका सबै स्वास्थ्य कार्यालयलाई ब्यवस्थित र भवन नभएका ठाउँमा भवन निर्माण गरिएको छ । यहाँका महिलालाई गर्भपतन गराउन जिल्ला अस्पताल बझाङमा पु¥याउनु पर्ने बाध्यता रहेको थियो तर अहिले सबै वडामा बर्थिङ सेन्टर निर्माण भएका छन् ।

अहिले सबै महिलाले गाउँमा नै निर्माण भएको बर्थिङ सेन्टरमा बच्चा जन्माउने वातावरणको सिर्जना भएको छ । पढाई सकाएका तर काम गर्न ठाउँ नपाएका नर्स, अनमी का लागि हामीले गाउँमा नै रहेका स्वास्थ्य संस्थामा रोजगारीको व्यवस्था  गरेका छौ ।

अहिले उहाँहरु गाउँको स्वास्थ्य कार्यालयमा काम गरी रहनु भएको छ ।  ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई घर घरमा गएर उपचार दिने काम पनि हामीले गरिरहेका छौं । 

–खानेपानी योजनाले सबै वडा समेटेको छैन नि ?
हाम्रो गाउँपालिकामा खानेपानीको अवस्थाको  कुरा गर्दा थलारा गाउँपालिका को  वडा नं ६ , ४, ३ मा खानेपानीका काम सम्पन्न भई सकेका छन्  । अब केही स्थानमा मात्र खानेपानीका योजनाहरु सम्पन्न हुने ।

अब बाँकी रहेका ठाउँमा पुनः निर्माण गर्ने  काममा हामी लागि रहेका छौ । गाउँपालिका सम्पुर्ण ठाउँमा खानेपानीका योजना सम्पन्न गर्न हामी लागि रहेका छौ । 

–कानुन निर्माणको अवस्था के छ, अहिले सम्म कति वटा  ऐन ल्याउनु भयो ?

हामीले भर्खरै मात्र जलभर ऐन पास गरेका छौ । अहिले सम्म ३० वटा कानून हामिले बनाएर पेश गरेका छौ । सहकारी सम्बन्धि , शिक्षा, बातावरण, कृषि, लगायतका कानून निर्माण गरेका छौ जनताको हितमा ऐन ल्याउन जोड दिएका छौं  ।

–थलाराका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको पहिचान भएको छ की छैन ? तिनको संरक्षणको लागि के गर्दै हुनुहुन्छ ?
गाउँपालिका भित्र हाम्रा महत्वपूर्ण पर्यटकीयस्थलहरु रहेका छन् । बाजुरासंग जोडिएको बढीमालिका रहेका छ । त्यो पनि एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा पनि चिनिन्छ । देवलबाँझ भगवती मन्दिर रहेको छ जो यसको पनि निर्माण कार्य लगाएतका कामहरु भई रहेकाले यसले पर्यटनका लागि महत्वपूर्ण काम गरी रहेको छ ।

यसको संरक्षणका लागि गाउँपालिकाले घेरबार लगायतका कामहरु गदै आएको छ । मन्दिरमा शौचालयका कुराहरु, खानेपानीको कामहरु पनि भई रहेका छन् । हाम्रो यहाँ छडीभेल झर्ना रहेको छ । अबत्यसको पनि संरक्षण र प्रर्वद्धन त्सस ठाउँका भौतिक संरचना निर्माणमा हामी लागि रहेका छौ ।  

–काम गर्ने  सिलसिलामा चुनौती के छ ?
काम गर्ने सिलसिलामा बाधा अड्चन धेरै आएका छन् । अस्ती कोरोनाले कतिपय विकासको कामहरुमा बाधा परेको थियो । तर कतिपय ठाउँमा कानुनले रोक्छ । कतिपय ठाउँमा गाउँका विवादित पक्षले रोक्छ, कतिपय ठाउँका विभिन्न गतिविधिले रोक्ने गरेको छ ।

कतिपय ठाउँ परिवेश मिल्दैन  । कतिपय ठाउँ कर्मचारी हुदैन । त्यसैले विभिन्न समस्याहरु छन् जुन काम गर्दाखेरीका धमाधम काम गर्न पाएको अवस्था रहेको छैन । 

–निर्वाचनको बला गरिएका प्रतिवद्धता कति पूरा भए ?
निर्वाचनको बेला सबैभन्दा पहिला पनि मैले जनता सामु गाउँपालिकालाई सडक संञ्जालमा जोड्ने प्रतिबद्धता गरेको थिए । त्यही अनुरुप काम गरी सडकमा संञ्जालमा जोड्न सफल भएका छौ । थलारा गाउँपालिकाको सबै  ठाउँमा सडक पुगेर गाडी गुडी सकेका छन् ।

अब यो सडकलाई स्थायित्व बनाउन मात्र बाँकी रहेका छ । शिक्षाको विषयमा पनि हामीले कुरा गरेका थियौ यहाँका स्कुलमा मात्र वार्षिक एक देखि दुई करोड जति शिक्षामा मात्र लगानी गर्ने गरेका छौ । पर्यटन सम्बन्धी विकास निर्माणका कामहरु निरन्तर अगाडि बढिररहेका छन् ।

खानेपानीका कामहरु हामीले गरेका थियौ अहिले थलारा गाउँपालिकाका केही वडामा मात्र खानेपानीको कमी हुन सक्छ त्यो धरै जस्तो वडामा एक घर धारा निर्माण गरि सकेका छौ । अन्य बाँकी रहेको ठाउँमा निर्माण कार्य भइ रहेको छ ।

सबै टोलमा खानेपानीको समस्या हटेको छ । त्यस्तै हामीले गर्न सक्नेमात्र प्रतिबद्धता गरेका थियौं त्यही अनुरुप  काम गर्दै आएका छौ । निर्वाचनको बला गरिएका प्रतिबद्धता अनुसार काम गरि रहेका छौं ।

–जनप्रतिनिधि सुविधा भोगि भए भन्ने आरोप छ नि ?
जनप्रतिनिधि सुविधाका भोगि भन्ने आरोपमा प्राय स्थानीय तहहरुले सुरुको वर्षनै गाडी किनी सकेका थिए । थलारा गाउँपालिकामा यस विषयमा बजेट पनि छुट्याएको थियो । तर मैले कुरा गर्दा जनताको जीवन शैलीसंग हाम्रो जीवन शैली मिल्नु पर्छ भन्ने विचार राखेर गाडी किन्न छुट्टयाएको रकम शिक्षा क्षेत्रमा लगानी गर्नु पर्छ भन्ने सोच बनाएर हामीले त्यो रकमलाई शिक्षा क्षेत्रमा लगानी ग¥यौं ।

दोस्रो आर्थिक वर्षमा पनि रकम छुट्याएको थियो दोस्रो वर्ष पनि शिक्षा क्षेत्रमा लगानी गरको छौ । पहिला सवै वडालाई बाइक पनि नदिने भन्ने कुरा थियो र अहिले सवै नौ वटै वडामा बाइक दिएका छौं । गाउँपालिकालाई गाडीको लागि यो वर्ष त बजेट नै छुट्याएका छैनौ ।

त्यसैले म अहिले पनि गाडी किन्ने पक्षमा छैन । त्यो विषय अरु गाउँपालिका तथा नगरपालिकामा लागु भयो होला तर थलारा गाउँपालिकामा यो सुविधा भोगी भन्ने कुरा लागु हुन सक्दैन ।