कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन
मंगलबार चैत १७, २०७७/ Tuesday 03-30-21
Paschim Today

धनगढी,१७ चैत । कैलालीमा एक गाउँपालिकाका अध्यक्षको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको हो। रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ।
लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो।
तपाईको प्रतिक्रिया