Close This

एनआरएनए नेतृत्वका लागि बद्री केसीले बनाए प्यानल

बुधबार असोज १३, २०७८/ Wednesday 09-29-21
Paschim Today

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले पनि आफूहरुले समावेशी समूह बनाएको डा. केसीले दाबी गरेका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका डा. केसीले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेको बताउँछन् ।

एनआरएनमा राजनीतिक विचारधारा नल्याइकिन कमसेकम स्वतन्त्र भएर काम गर्नका लागि नै सबै राजनीतिक विचारधाराका सबै मान्छेहरुलाई समेटेकै हो।’ उनले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएको भन्दै यसलाई प्यानलको रुपमा लिन नहुने बताए।

निर्वाचनको प्रक्रिया हुँदै गर्दा सबै क्षेत्रलाई समेट्नको लागि यो प्रयास थालिएको हो।’ यसलाई प्यानलको रुपमा बुझ्नुहुँदैन भन्दै डा. केसीले आफ्नो समूहको बचाऊ गरे। एनआरएनए विधानमा प्यानलसहित निर्वाचन लड्न मनाही छ। तर संघका केन्द्रीय पदाधिकारी उम्मेदवारहरुले विधानमा उलङ्घन गर्दै प्यानलसहित चुनावी प्रतिस्पर्धा गर्दै आएको इतिहास छ। दशौं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका अन्य प्रत्यासीहरु बेलायतका कुल आचार्य र अमेरिकाकी रविना थापाले पनि प्यानलको टुङ्गो लगाउन ब्यस्त देखिएका छन्।