Close This

प्रितीको नयाँ गीत ‘आलु जस्तो केटी’

बुधबार असोज १३, २०७८/ Wednesday 09-29-21
Paschim Today

गायिका प्रिती आले र गायक पवन रानाको स्वर रहेको नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक गरिएको हो । यसअघि ‘भुत्रो मायाजाल’ मा सहकार्य गरेका पवन र प्रितीको यो दोस्रो सहकार्य हो । यी दुबैको पहिलो सहकार्य रहेको गीत ‘भुत्रो मायाजाल’ शीर्षककै कारण विवादित बन्न पुगेको थियो । सार्वजनिक ‘आलु जस्तो केटी’ गीतलाई त्यसै गीतको दोस्रो पार्टमा रुपमा लिइएको छ । यो गीतको शीर्षकले पनि बिवाद निम्त्याउन सक्ने अनुमान लगाउन सकिन्छ ।

डान्सिङ गीतको रुपमा सार्वजनिक यो गीत ‘लोक गीत सुन्ने दर्शकका लागी केहि नयाँ स्वाद हुने प्रितीले बताइन् । हुन त प्रितीका गीतको प्राय शिर्षक विवादित हुने गरेका छन् । अहिलेको ‘आलु जस्तो केटी’ पनि विवादित नहोला भन्न सकिन्न । प्रितीले भने गीतको शीर्षक हेरेर भन्दा पनि गीत पुरै मूल्याङ्कन गर्न अनुरोध गरेकी छन् ।

गीतमा शब्द पनि प्रिती आलेले नै लेखेकी छिन् भने संगीत पवन रानाको छ । विपिन आचार्यको एरेन्ज रहेको गीतमा पवन र प्रितीको अभिनय देख्न सकिन्छ । भिडियोमा पवन र प्रितीको अलवा रञ्जन पाण्डे र अलिसा शर्माको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा ‘द नेक्स्ट’ ग्रुपका प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन छ ।