Close This

धनगढीको कनरीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

मंगलबार असोज १९, २०७८/ Tuesday 10-05-21
Paschim Today

धनगढी,१९ असोज । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीमा ४ कोठे विद्यालय भवनको आज शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले श्री जनजागृती आधारभूत विद्यालय हाता भित्र मंगलबार दुई तले चारकोठे भवनको शिलान्यास गरेका छन ।

भवन शिलान्यास गर्दै मेयर वडले उपमहानगरपालिकाको शिक्षा योजना अन्तर्गत वडा नम्बर १५ मा रहेको विद्यालयमा भवन निर्माण गर्न लागेको बताए । उनले भवन निर्माण पछि विद्यालयमा भवनको अभावमा विद्यार्थीलाई पढ्न समस्या नहुने बताए ।

श्री उमा इन्फ्रा बिल्डर्स प्राली धनगढीले उपमहानगरपालिकासंग मूल्य अभिबृद्धी कर सहित ५६ लाख ६ हजार ८६१ रुपैयामा २०७९ मंसिर मसान्तसम्ममा निर्माण सम्पन्न हुनेगरी उक्त भवनको ठेक्का सम्झौता गरेको  छ ।