Close This

एनआरएनए अभियन्ता गंगाधर गौतमले सचिवमा उम्मेदवारी दिने

बुधबार असोज २०, २०७८/ Wednesday 10-06-21
Paschim Today

बेल्जियम, ३० असोज ।
गैरआवासीय नेपाली संघ (एनआरएनएन) १० औं महाधिवेशन नजिकिदै गर्दा एनआरएनए अभियन्ता गंगाधर गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विधान समितिको सहसंयोजकका रुपमा एनआरएनएको संरचनामा सुधारको लागि विधानमा आवश्यक संशोधनहरु गर्न भूमिका निर्बाह गरेका गौतमले एनआरएनए मार्फत एक पटकको नेपाली सधैको नेपाली भन्ने भावना सम्बोधनका लागि नेपालको संबिधान संशोधन गर्न राजनैतिक संवाद तथा पैरवी गर्न  सचिवमा उम्मेदवारी दिने बताए ।

सचिव पदमा निर्बाचित भए सबैको अस्तित्व स्वीकार गर्दै एनआरएनलाई सामूहिक छलफलबाट सञ्चालन गर्ने/गराउने छु, गौतमले भने, संस्थाको विधि, पद्धति र विधानको मूल मर्म र एनआरएनए स्थापनाको प्रमुख उद्देश्य प्राप्तिका लागि म प्रतिबद्ध छु ।

गौतमले उम्मेदवारी घोषणासंगै गौतमले विश्वभरबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु, अग्रज एनआरएनए अभियन्ताहरूको मार्ग निर्देशन र सुझावलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता गरेका छन् ।

उनले आफू निर्बाचित भएमा संघका दस्तावेजहरुलाई वैज्ञानिक प्रविधिबाट अभिलेख राखिने, संघको स्मार्ट एनआरएनए अन्तरर्गत शुरु गरिएका संरचनाका कामलाई संस्थागत गरिने, संस्थाको नियमित बैठक, क्षेत्रीय सम्मेलनहरुको संचालनको प्रकृयाको विधिमा व्यापक परिवर्तन गरिने बताएका छन् ।

उम्मेदवारी घोषणासंगै गौतमले जारी गरेको प्रतिबद्धता पत्रमा संस्थामा सदस्यता वितरण, निर्वाचन प्रकृया तथा अनलाइन मतदानलाई थप प्रविधियूक्त बनाइने, संघले माग गर्दै आएका नेपाल नागरिकताको निरन्तरता, नेपालमा लगानी, सम्पतीको अधिकार लगायतका मुद्दालाई निष्कर्षमा पु¥याइने, विदेशमा हुर्किदै गरेको नयाँ पुस्तालाई नेपालसँग जोड्ने र युवा, महिलाहरुको हकहितको लागि विषेश कार्यक्रम ल्याइने उल्लेख छ ।

गौतमले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्याको समाधानको लागि नेपाल सरकारसंगको सहकार्यमा ऐन कानुन तथा नीति गत सुधार गर्न पहल गर्ने समेत प्रतिबद्धता गरेका छन् ।

बागलुङ जिल्ला नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गौतम धौलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति, स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय फोरमको सदस्य रहिसकेका छन् ।

उनले नेपाली जनसम्पर्क समिति बेल्जियमको  अध्यक्ष र नेपाली जनसम्पर्क समिति युरोपको महामन्त्रीको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

एनआरएनए बेल्जियमको अध्यक्ष रहिसकेका गौतमले बाग्लुङ अन्तर्राष्ट्रिय समाजको सल्लाहकार र एनआरएनए विधान समितिको सहसंयोजक रुपमा भूमिका निर्बाह गरेका थिए ।
उनी नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको अन्तर्राष्ट्रिय प्रमुख समेत हुन् ।.