Close This

धनगढीमा शनिबार ६ हजार ५ सय ३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाए

आइतबार असोज २४, २०७८/ Sunday 10-10-21
Paschim Today

कैलाली, २४ असोज । धनगढी उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट शनिबार १८ बर्षमाथिका ६ हजार ५ सय ३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन  ।उपमहानगरपालिकाले शनिबार एक दिन कोभिड–१९ विरुद्धको भेरोसिल खोपको पहिलो डोज अन्तर्गत २ हजार ६ सय ४० पुरूष र ३ हजार ८ सय ६३ महिला गरि ६ हजार ५ सय ३ जनाले खोप लगाएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले बताए ।

उपमहानगरपालिकाले खोप लाउन विद्युतीय दर्ता अनिवार्य गरेकोले खोप लाउन आउदा विद्युतीय दर्ता गरेको नम्बर लिएर मात्र आउन उपमहानगरपालिकाले अनुरोध गरेको छ । 

विद्युतीय दर्ता गर्न www.vaccine.mohp.gov.np मा गएर आफै समेत दर्ता गर्न सकिने बताउदै वडा स्तरीय खोप समन्वय समितिले समेत व्यवस्था गरेको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए ।