Close This

एनआरएनए बैठक : दशौं विश्व सम्मेलन स्थगित गर्ने निर्णय

सोमबार असोज २५, २०७८/ Monday 10-11-21
Paschim Today

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले दशौं महाधिवेशन र निर्वाचन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

सचिवालयको आइतबार बसेको बैठकले सो निर्णय गरेको एनआरएनद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा परराष्ट्र मन्त्रालयको पत्रबारे छलफल भएको जनाइएको छ ।

मन्त्रालयको पत्रको सन्दर्भमा कानूनविद् र सम्बन्धितहरुसँग परामर्श गरी जतिसक्दो चाँडो महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय भएको समेत जनाइएको छ ।महाधिवेशनको लागि काठमाडौं आइपुगेका र आउन तयार भएका प्रतिनिधिमा पुगेको असुविधाप्रति संघले माफी मागेको छ । अक्टोबर ११ मा परेको गैरआवासीय दिवसमा संघले शुभकामना व्यक्त गरेको छ ।