Close This

देशभर थप ७८५ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु

सोमबार असोज २५, २०७८/ Monday 10-11-21
Paschim Today

काठमाडौं, २५ असोज ।   पछिल्लो २४ घण्टामा देशभर थप  ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ८८८ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ भने ७ लाख ७६ हजार ८३१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ७८७ जना रहेका छन् ।