Close This

मुगुमा यात्रुवाहक बस दुर्घटना, ठूलो क्षतिको आशंका

मंगलबार असोज २६, २०७८/ Tuesday 10-12-21
Paschim Today
फाइल तस्विर

काठमाडौं,२६ असोज । सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको छ । सडकबाट अढाइ सय मिटर बस तल खसेको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए । उनीहरुमध्ये अधिकांश घाइते भएको र अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए ।  

भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थलमा पुगेको छ । थप विवरण आउन बाँकी छ ।