Close This

मुगुमा बस दुर्घटना : मृत्यु हुनेको संख्या २६ पुग्यो

मंगलबार असोज २६, २०७८/ Tuesday 10-12-21
Paschim Today

सुर्खेत,२६ असोज । मुगुमा आज दिउँसो भएको बस दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस २ सय मिटर तल खसेको थियो ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । हालसम्म २६ जनाको मृत्युको भएको नगरपालिकाका प्रमुख हरि जंङ्ग शाहीले जानकारी दिए । करिब २५–२६ जना घाइते भएको उनले बताए ।

प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहतिको टोली अहिले घटनास्थलमा उद्दारमा सक्रिय छ ।घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए । सुर्खेतबाट सेनाको हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरिरहेको र बाँकीलाई एम्बुलेन्सबाट अस्पताल पुयाइरहेको उनले बताए ।घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् ।

यो पनि पढ्नुस् :-

मुगुमा यात्रुवाहक बस दुर्घटना, ठूलो क्षतिको आशंका

मुगुमा बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते

मुगुमा बस दुर्घटना :  मृत्यु हुनेको संख्या २३ पुग्यो 

मुगुमा बस दुर्घटना : घाइतेको हेलिकोप्ट मार्फत उद्दार गरिदै