Close This

आजदेखि सुदूरपश्चिममा सवारीसाधनमा ‘क्यु फ्री’

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

धनगढी,२७ असोज । सुदूरपश्चिममा आजदेखि क्यु फ्रीमा सवारीसाधन सञ्चालन गरिएको छ । यातायात प्रालीहरुले अष्टमीदेखि टिकाको दिन सम्मका लागि क्यु फ्रीमा गाडी सञ्चालन गरेका हुन्।

लामो दुरीमा तीन र छोटो दुरीमा भोलिदेखि दुई दिनसम्म क्यु फ्रीमा गाडी सञ्चालन हुने यातायात प्रालीहरुले बताएका छन् । यात्रुहरूको सहजताका लागि क्यु फ्रीमा सवारीसाधन सञ्चालन गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले  बताए  ।

“रुटअनुसार सवारी सञ्चालन नभए पनि यात्रुहरूको सहजताका लागि क्यु फ्रीमा गाडी सञ्चालन भइरहेको छ,”उनले भने, “यात्रुहरुलाई मार नपर्ने गरी नेपाल सरकारले तोकेको भाडादर अनुसार क्यु फ्रीमा सवारीसाधन सञ्चालन गरेका छौँ । लामो दुरीमा दुई दिन र छोटो दुरीमा तीन दिन क्यु फ्रीमा गाडी सञ्चालन हुनेछन् ।”

दसैँ तिहार जस्ता सवारी साधनहरूले मनलाग्दी भाडा दिने गरेको यात्रुहरूले गुनासो गरेका छन् । यात्रुहरूको सहजताका लागि  क्यु फ्रीमा सवारीसाधन सञ्चालन भएको हुँदा बढी भाडा दिन तथा यात्रु ठग्नेलाई कारबाही गरीने अध्यक्ष सापकोटा बताए ।